• नमोबुद्ध संवाददाता

काठमाडौ–नेपाल आयल निगमले मिति २०७१ माघ १४ भन्दा पछि स्वीकृती लिइ संचालन गरेको ग्यास उद्योगहरुले खरिद बिक्री आदेश (पिडिओ) नबुझेको भन्दै ५० वटा ग्यास उद्योगको स्वीकृती खारेज गरेको छ । निगमले ५३ वटा ग्यास उद्योगहरुलाई पिडिओ प्राप्त गर्न आह्वन गर्न तिन पटक सम्म सूचना जारी गर्दा पनि पिडिओको लागि सम्पर्क गर्न ३ वटा ग्यास उद्योग सम्पर्कमा आएको र ५० वटा ग्यास उद्योग सम्पर्कमा नआएको भनि हालै एक सूचना जारी अनुमती खारेज गरेको जनाएको छ ।

निगमले निगमबाट ग्यास उद्योग निर्माण गरि संचालन गर्न अनुमति लिने तर निमार्ण नगर्ने, अनुमति खरिद बिक्री गर्ने जस्ता विकृति अन्त्य गर्न साथै उद्योग विभागमा ग्यास उद्योगको दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसंग राय प्रतिकृया माग गरेपश्चात सम्पर्कमा नआउनेले निगमलाई एलपि ग्यासको व्यवस्थापनमा समस्या आएको सन्दर्भमा त्यस्ता विसंग्त्तीलाई हटाउन भन्दै गोरखापत्र मार्फत मिति २०७६ पुस ८ गते, १० गते र १३ गते सूचना गर्दा पनि ति ग्यासउद्योगहरु सम्पर्कमा नआएको सूचनामा स्पष्ट पारेको छ ।

श्री सैपाल ग्यास उद्योग प्राली कैलाली, श्री ग्यास इन्डष्ट्रिज प्राली नवलपुर शाखा, श्री सीता श्री ग्यास उद्योग प्राली धादिङले निगममा सम्पर्क गरेको तिनीहरुको अनुमति कायम गरेको आइत निगमले जनाएको छ ।
कुन–कुन ग्यास उद्योगको भयो अनुमति खारेज हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस !