
-
नमोबुद्ध संवाददाता
धुलिखेल– नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण शनिबार १ जनामा कोरोना पुष्टि भएसंगै ३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा शुक्रबार मात्रै १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएको व्यक्ति ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बाँकी विवरण सार्वजनिक गरेको छैन ।
मन्त्रालयका प्रवत्ता डा.विकास देबकोटाका अनुसार अहिले देशको ७७ वटै जिल्लामा दु्रतगतिको परिक्षण विधि (आरडिटि) बाट कोरोनाको परिक्षण भैरहेको छ । आरडिटिमा पोजिटिभ नतिजा आएपछि पिसिआर विधिबाट परिक्षण गरि त्यसमा पनि पोजिटिभ नतिजा आएमा मात्र कोरोना संक्रमण पुष्टि गरेको छ ।
नेपालमा हालसम्ममा ३१ जनामा संक्रमण भएपनि ३ जनाको उपचार पश्चात निको भई घर फर्किसकेको छ । गत माघमा १ जना र बाँकी २ जना शनिबार अस्पतालबाट डिस्चार्ज भएको हो । डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट १ जना महिला उनी नेपालमा दोस्रो कोरोना संक्रमित थिइन भने अर्को १ जना छैटौ कोरोना संक्रमण पुष्टि भएका बाग्लुङकि ६५ वर्षिय महिला हुन् ।
नोभल कोरोना भाइरसविरुद्ध सचेतना