-
नमोबुद्ध संवाददाता
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण थपिरहेको छ । कोरोना संक्रमणको संख्या थपे पनि हाल भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दैनिक घट्दो क्रममा रहेको छ । यो खुशी कै कुरा हो ।
कोरोनाका कारण संसारभर ज्यान गुमाउनेको संख्या आइतबार यो समाचार तयार पार्दासम्ममा एक लाख ६० हजार ७५८ रहेको छ । वल्र्ड मिटरका अनुसार अहिले कोरोना कारण ज्यान गुमाउनेको संख्या घटिरहेको छ । शनिबार कोरोनाका कारण संसारभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २७८ रहेको थियो । शुक्रबार ज्यान गुमाउनेको संख्या शनिबार भन्दा लगभग ९ हजार बढि रहेको थियो ।यसरी हेर्दा दैनिक ज्यान गुमाउनेको संख्या तुलनात्मक रुपमा घटिरहेको छ ।
हालसम्ममा कोरोना संक्रमितको संख्या २३ लाख ३१ हजार भन्दा बढि रहेको कोरोना भाइरसबारे नियमित तथ्याङ सार्वजनिक गर्ने वल्र्डमिटरले सार्वजनिक गरेको छ ।
वल्र्डमिटरका अनुसार विश्वमा कोरोना भाइरस (कोभिड १९)बा संक्रमण भएका संक्रमितको संख्या भने शनिबार भन्दा करिब ८३ हजार थप रहेको पाएको छ । अहिलेसम्ममा विश्वमा ५ लाख ९७ हजार १९४ जनाको उपचार पश्चात निको भएको तथ्याङ् वल्र्डमिटरले सार्वजनिक गरेको छ ।
नेपालमा पनि शुक्रबार मात्रै १४ जनामा र शनिबार १ जना थप संक्रमण देखिएसंगै कोरोना भाइरसको संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ३ जना पुगेको छ । १ जना माघ मै निको भएको थियो भने बाँकी २ जना शनिबार घर फर्केका हुन् ।