• नमोबुद्ध संवाददाता

काभ्रे– बाग्मती प्रदेशले प्रदेश अन्तर्गतको १३ वटै जिल्लाका स्थानिय तहहरुलाई आफूले राहत वितरण गरेको व्यक्ति, के के वितरण गर्यो भनि विस्तृत रुप तयार गरि त्यसको सार्वजनिक गर्न निर्देशन दिएको बाग्मति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन लागू गरेपछि दैनिक मजदुरी गरि जीविकोपार्जन गर्ने बर्ग बढि प्रभावित भएको हुदाँ सबै स्थानिय तहहरु मार्फत विपद व्यवस्थापन समितिको गठन गरि अति विपन्न वर्गको लगत संकलन, राहत वितरण गरिरहेको छ । यसरी वितरण गरेको राहतमा अनियमिता भएको गुनासो आएपछि बाग्मति प्रदेशले राहत वितरण को विस्तृत विवरण स्थानिय तहहरुको आ आफ्नै वेबसाइड, कार्यालयमा सार्वजनिक गर्न निर्देशन दिएको मन्त्री जम्कट्टेलले स्पष्ट पार्नुभयो ।

साथै बाग्मती प्रदेशले कृषि क्षेत्रमा सहजीकरण गर्ने , साना विकासका आयोजनाहरु संचालन गर्ने, थोरै संख्यामा संचालन गर्न सक्ने उद्योगहरुलाई विशेष सावधानीहरु अपनाएर सुचारु गर्ने, पैदलयात्रीलाई गन्तव्यसम्म पु¥याउन वा बाग्मती प्रदेश भित्र आउन चाहनेलाई फर्काउन सम्बन्धित स्थानिय तहहरु तथा प्रदेशहरुसंग समन्वय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !