• नमोबुद्ध संवाददाता

वल्र्डमिटरका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिका रहेको छ । त्यहाँ हालसम्ममा ज्यान गुमाउनेको संख्या ३४ हजार ६१७ पुगेको छ। छ लाख ७७ हजार भन्दा बढिमा संक्रमण देखिएको तथ्याङ् वल्र्डमिटरले सार्वजनिक गरेको छ । यो संख्या विश्वमा कोरोनाका कारण ज्यान गुमाउने मध्ये अमेरिकाको २३ दशमलव ७८ प्रतिशत रहेको छ ।

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण संसारभर ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्ममा एक लाख ४५ हजार ५ सय २१ पुगेको छ । बिहिबार यो संख्या १ लाख ३४ हजार ६ सय रहेको थियो । अहिले २१ लाख ८२ हजार २३७ जनामा स्रक्रमण देखिएकोमा ५ लाख ४७ हजार भन्दा बढि मानिसहरु उपचार पछि निको भएको कोभिड १९ को नियमित अपडेट गर्ने वल्र्डमिटरले सार्वजनिक गरेको छ ।

नेपालमा पनि संक्रमितको संख्या सोह्र जना रहेकोमा एक जनाको उपचारपश्चात घर फर्किसकेको र बाँकी पन्ध्रजनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !