• नमोबुद्ध संवाददाता

काभ्रे–जिल्लाको धुलिखेल नगरपालिकाले नगरबासीको मानसिक स्वास्थ्य प्रति संवेदनशील बन्दै मानसिक स्वास्थ्य तथा मनोसामाजिक अनलाईन परामर्श सेवाको सुचारु गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउन, विदेशबाट फर्किएकाहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नु पर्ने, घरमै बस्दा पनि सामाजिक दुरी कायम लगायतले व्यक्तिको मानसिक स्वास्थ्यमा पर्न सक्ने जस्ता समस्यालाई हल गर्नका लागि यो सेवाको सुचारु गरेको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी. ले जानकारी दिनुभयो ।

व्यक्तिमा हुन सक्ने भय एवं चिन्ता, उदासीपना, रीस र निराशपन, कलंकित हुने डर, नियमित औषधी खानुपर्ने डर लगायतका मानसिक स्वास्थ्य समस्याले भविश्यमा विकराल रुप लिन सक्नाले समयमा नै त्यसको समाधान तथा व्यवस्थापनकाका लागि नगरपालिकाले CORD नेपालसंग सहकार्य गरेको छ ।

नगरपालिकाले कोहि कसैलाई त्यस्तो लक्षणहरु भएमा वा देखिएमा मनोसामाजिक अनलाईन परामर्श सेवामा सम्पर्क गर्नका लागि आह्वन पनि गरेको छ । बिहान ११ बजे देखि २ बजे सम्म संचालन हुने सेवाका लागि वरिष्ट मनोविद् वीर बहादुर लामा( मो.न९८४१४२७७३४
Skype: moktan.birbdr  ,वरिष्ठ मनोविद राजन के.सी., ९८४९२८६७०७ र सहयोगको लागि स्वास्थ्य शाखा धुलिखेल नगरपालिकामा सम्पर्कका लागि आह्वन गरेको स्वास्थ्य शाखा प्रमुख के.सी. ले जानकारी दिनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाले यसअघि कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनका कारण सम्भवित घरेलु तथा महिला हिंसा न्यूनिकरणका लागि सिभिक्ट नेपाल, धलिखेल अस्पताल ओसिएमसीको सहकार्यमा कार्यथालनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !