-
नमोबुद्ध संवाददाता
काठमाडौको चावहिलमा रहेको ओम हस्पिटल तथा रिसर्ज सेन्टरले पर्सनल प्रोटेक्टिभ इक्यूबमेन्ट(पिपिई) लाई कसरी प्रयोग गर्ने तथा प्रयोग गरिसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई बहुभाषामा श्रव्य दृश्य सचेतना सामाग्रीको तयार गरि सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ ।
अहिले ति सामाग्री नेपाली, तामाङ, मैथिली, डोटेली र नेपाल भाषामा तयार गरेको छ । अहिलेको प्रतिकुल अवस्थामा सिमित श्रोतसाधनका बाबजुद स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा सुरक्षामा खटिएका मानिसहरुले पिपिईको प्रयोग गरेको छ । यसै अवस्थामा सहि तरिकाले पिपिईको प्रयोग गर्ने तथा प्रयोग भएपछि खोल्नका लागि यो सचेतना सामाग्रीले सहयोग पुग्ने अस्पतालको विश्वास छ ।
सचेतना सामाग्रीमा पुरै सेटको प्रयोग कसरी गर्ने, प्रयोग गरि सकेपछि कसरी व्यवस्थापन गर्ने, के –के कुरा साबधानी अपनाउनु पर्छ भन्ने विषयलाई स्पष्ट पारेको छ । ति सामाग्रीहरु तयारीमा तामाङ भाषाका लागि स्टाफ नर्स सुमी योन्जन, मैथिली भाषाका लागि स्टाफ नर्स सुष्मा देव, नेपाल भाषामा लागि नर्सिङ सुपरभाइजर शुष्मा शाक्य र डोटेली भाषाका लागि स्टाफ नर्स सीता धामीले भाषिक सहयोग गरेको अस्पतालले जनाएको छ ।
अहिले विश्वमा फैलिएको कोरोना भाइरसले शक्तिशाली राष्ट्रहरुमा पनि धेरै संख्याले ज्यान गुमाइरहेको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण १६ जनामा देखिएको र १ जनाको उपचार पश्चात घर फर्किसकेको अवस्था छ । यस्तो संक्रमणकालिन तथा जोखिमपूर्ण समयमा निजि अस्पतालहरुले बिरामीलाई आपतकालनि सेवा पनि उपलब्ध नगरेको आरोप व्यहोरि रहेको समयमा ओम अस्पताल भने सचेतनाको कार्यक्रम लगायत टेलिमेडिसिन जस्ता सेवामार्फत जनता संग जोडिरहेको छ ।