-
नमोबुद्ध संवाददाता
धुलिखेल–नेपाल सरकारले लागू गरेको लकडाउनलाई पूर्ण पालना गर्न गराउन काभ्रेको तेमाल गाउँपालिकाका युवाहरुले सक्रियता देखाएका छन् । स्थानिय युवाहरुले आफ्नो गाउँमा लकडाउनलाई उलंलगन गरि गाउँ प्रवेश गर्न रोक लगाउन साथ दिएका हुन् ।
जनस्वास्थ्यलाई ख्याल गरी सरकारले जारी गरेको लकडाउन कार्यन्वयनमा अटेर गर्ने प्रवृत्ति देखिएकाे भन्दै बुधबार तेमाल गाउँपालिका वडा नं. २, ल्हाप्से गाउँ प्रवेश गर्ने मूख्य नाकाहरुमा ढुंगा, बार लगाई बाटो बन्द गर्न बाध्य भएकाे युवाहरुले बताए ।
अति आवश्यक कामका लागि भने बाटो अवरुद्ध नगर्ने उनिहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालयले पनि एक जिल्लाबाट अर्को जिल्लामा पैदल आवतजावतमा समेत निषेध गरेको स्पष्ट पारिसकेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो गर्नु परेको जनाइएको छ ।