-
नमोबुद्ध संवाददाता
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण संसारभर ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्ममा एक लाख ३४ हजार छ सय १० पुगेको छ । बुधबार यो संख्या १ लाख २६ हजार रहेको थियो । बीस लाख ८३ हजार २३७ जनामा स्रक्रमण देखिएकोमा पाँच लाख भन्दा बढि मानिसहरु निको भएको कोभिड १९ को नियमित अपडेट गर्ने वल्र्डमिटरले सार्वजनिक गरेको छ ।
वल्र्डमिटरका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिका रहेको छ । त्यहाँ हालसम्ममा ज्यान गुमाउनेको संख्या अठ्ठाईस हजार भन्दा बढि रहेको छ भने छ लाख भन्दा बढिमा संक्रमण देखिएको र एकैदिनमा लगभग दशहजारको उपचार पश्चात निको भएको छ ।
नेपालमा पनि संक्रमितको संख्या सोह्र जना रहेकोमा एक जनाको उपचारपश्चात घर फर्किसकेको र बाँकी पन्ध्रजनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो।