-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लामा बुधबारसम्ममा चैत्र महिनामा विदेशबाट फर्किएका २५१ सहित जम्मा दुई सय ६३ जनाको द्रुतगतिको परिक्षण आरडिटिबाट कोरोना परिक्षण गरेको छ । ति मध्ये २ जना युवाहरु बाहेक सबैका नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
बेथानचोक गाउँपालिका र मन्डनदेउपुर नगरपालिकाका एक एक युवामा आरडिटिबाट परिक्षण गर्दा कोरोना संक्रमण वा नतिजा पोजिटिभ आएको र पछि पिसिआर विधिबाट परिक्षण गर्दा नेगेटिभ नतिजा आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले बुधबार जिल्लामा रहेको १३ वटै स्थानिय तहहरुले अहिलेसम्म कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि आरडिटिबाट परिक्षण गरेको विवरण सार्वजनिक गरेका छ । जिल्लामा चैत्र महिनामा विदेशबाट फर्किएका मध्ये सबै भन्दा कम खानीखोला गाउँपालिकामा २ जना रहेकोमा उनीहरुको परिक्षणको नतिजा नेगेटिभ आएको छ भने सबै भन्दा बढि मानिस रहेको पनौती नगरपालिका बुधबारसम्ममा ६७ जनामा परिक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
काभ्रे गत चैत्र ३० मा स्वास्थ्य कार्यालयमार्फत जिल्लाका १३वटै स्थानिय तहहरुलाई आरडिटि किट वितरण गरेको थियो । ।स्थानिय तहका स्वास्थ्य संयोजकहरुका अनुसार चैत्र महिनामा विदेशबाट फर्किएका क्वारेन्टाईनमा बसेका वा म्याद सकिएका सबै जनालाई उनीहरुको घरघरमा वा प्रयोगशाला भएको ठाउँसम्म लगेर परिक्षण गरेको थियो।
१३वटै स्थानिय तहहरुको विवरण हेर्नुहोस ।