• नमोबुद्ध संवाददाता

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो समाचार तयार पार्दासम्ममा एक लाख २६ हजार छ सय ४ पुगेको छ । लगभग बीस लाखमा स्रक्रमण देखिएकोमा लगभग पाँच लाख मानिसहरु निको भएको कोभिड १९ को नियमित अपडेट गर्ने वल्र्डमिटरले सार्वजनिक गरेको छ ।

वल्र्डमिटरका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ हालसम्ममा ज्यान गुमाउनेको संख्या छब्बिस हजार भन्दा बढि रहेको छ भने छ लाख भन्दा बढिमा संक्रमण देखिएको र लगभग उनान्चालिस हजारको उपचार पश्चात निको भएको छ ।

नेपालमा पनि संक्रमितको संख्या सोह्र जना रहेकोमा एक जनाको उपचारपश्चात घर फर्किसकेको र बाँकी पन्ध्रजनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले देशको धेरै जिल्लाहरुबाट आरडिटिको माध्यमले परिक्षण पनि गरिहेको मा त्यसमा पोजिटिभ देखाएकाहरुलाई पिसिआर अर्थात वास्तबिक कोरोना संक्रमण छ वा छैन भनि परिक्षण हुनेछ ।

मंगलमात्रै आरडिटि परिक्षणमा काभ्रेका २ जना काठमाडौका ३ जना, धादिङका १ जना, गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको उनीहरुको पिसिआरबाट परिक्षण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !