• नमोबुद्ध संवाददाता

काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा आरडिटि परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ ।

उनीहरुलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथान्थोक गाउँपालिका वडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए ।

अर्को मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँगाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको छ । उनी चैत्र ७ गते दुबईबाट फर्किएका थिए । उनलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उनलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ ।

स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परिक्षण गर्ने छ । जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण सकेको स्वास्थ्य कार्यालय काभ्रेका डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !