• नमोबुद्ध संवाददाता

चैत्र ३०, धुलिखेल–काभ्रे जिल्लाको रोशी गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनि र्यापिड डाईग्नोस्टिक टेस्ट आरडिटि (Rapid Diagnostic Test)  अर्थात छिट्टो रोग पत्ता लगाउने जाँच आइतबार सुरुवात गरेको गाउँपालिका प्रमुख डिबी मोक्तानले जानकारी दिनुभयो ।

रोशी गाउँपालिकामा फागुन र चैत्र महिना गरि जम्मा २४ जना मानिसहरु विभिन्न देशबाट आएकोमा चैत्र महिनामा मात्र १७ जना मानिसहरु आएको छन् । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा घरमै एकान्तबासमा बसेको थियो । आइतबारदेखि सुरु गरेको आरडिटि टेस्ट चैत्र महिनामा विदेशबाट आएका १७ जनालाई गर्ने तयारी रहेको गाउँपालिका प्रमुख मोक्तानले बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखाका अनुसार आइतबार ४ जनामा गरिएको जाँचमा चारै जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना भाइरसको संक्रमण नभएको पाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट उपलब्ध भएको १५ मिनेटमै पत्ता लाग्ने आरडिटि किटबाट जाँचेको थियो । बाँकी १३ जनाको जाँच मंगलबारसम्ममा सकाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले स्पष्ट पार्नुभयो ।
गाउँपालिकामा ल्याबसेवा पनि संचालन रहेकोले आफ्नै जनशक्तिको प्रयोग गरि जाँच गर्न सफल भएको र अहिलेलाई जनशक्ति बाहिरबाट ल्याउनु नपरेको उहाँको दाबी छ ।आजदेखि अन्य स्थानियतहहरुमा पनि आरडिटि हुदैछ ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना

प्रतिक्रिया दिनुहोस !