• नमोबुद्ध संवाददाता

चैत्र ३०,काभ्रे–जिल्लाको मन्डनदेउपुर नगरपालिकाको वडा नं.३ को सिंगेमा स्थानिय जुठ्ठे सिं तामाङको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षती भएको मन्डनदेउपुर नगरपालिका वडा नं. ३ का वडासदस्य झलक वाईबाले जानकारी दिनुभयो ।

वाईबाका अनुसार शनिबार राती साँढे ९ बजे तिर भएको आगलागीबाट तिनकोठे जस्ताको टहरा पूर्णरुपमा क्षती हुँदा खाद्यन्न, लत्ताकपडा, अन्य कुनैपनि सामानहरु निकाल्न नपाएको हो, तर मानविय तथा पशुचौपायाको क्षती पुगेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आगलागी घरमा ल्याएको विद्युतको लाईनबाट लागेको बुझिएको छ ।

कोरोना प्रकोपको यो अवस्थामा आगलागी भएको पिडितलाई तत्कालका लागि मन्डनदेउपुर वडा नं. ३ मा रहेको रेडक्रस विपद व्यवस्थापन समितिले अत्यावश्यक खाद्यन्न चामल एक बोरा, दाल तरकारी वितरण गरेको र भोलीबाटै नगरपालिकाको तर्फबाट आगलागी पिडितलाई सहयोग गर्ने भएको नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले जानकारी दिनुभयो ।

आगलागी पिडित तामाङलाई बस्ने तथा किचेनमा चाहिने आवश्यक सामाग्रीको सहयोगका विषयमा अहिले मन्डनदेउपुर नगरपालिका वडा नं. ३को वडा कार्यालयमा छलफल भैरहेको वडासदस्य झलक वाईबाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !