• नमोबुद्ध संवाददाता

चैत्र २९,धुलिखेल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले थप स्वास्थ्य सामाग्रीहरु पाएको छ । शनिबार काभ्रे निर्वाचन क्षेत्र नं.१ का माननिय सांसद गंगाबहादुर लामा (बमध्वज)को अगुवाईमा स्वास्थ्य सामाग्री ति गाउँपालिका तथा नगरपालिकामा हस्तन्तरण गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा अगाडि काम गर्ने स्वास्थ्यकर्मीको लागि उनीहरुको व्यक्तिगत रुपमा सुरक्षित हुनु जरुरी रहेको तथा पर्याप्त मात्रामा स्वास्थ्य सामाग्रीको उपलब्धता नरहेको यो परिस्थितमा माननिय सांसद बमध्वज आँफै गाउँपालिका तथा नगरपालिकामा पुगी स्वास्थ्य सामागीहरु हस्तान्तरण गर्नुभएको थियो ।

शनिबार हस्तान्तरण गरेका स्वास्थ्य सामाग्री तेमाल गाउँपालिकाका लागि ह्यान्ड सेनिटाईजर एक सय २० बोत्तल, सर्जिकल मास्क दुई सय थान, पिपिई ८ सेट र ६सयवटा कपडाको मास्क गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकलाई हस्तान्तरण गर्नुभएको थियो ।

रोशी गाउँपालिकाका लागि सर्जिकल मास्क दुई सय थान, कपडाको मास्क ४ सय थान, पिपिई ३ थान र ह्यान्ड सेनिटाईजर १२ बोत्तल गाउँपालिकाका उप प्रमुख लक्ष्मी बर्तौलालाई हस्तान्तरण गर्नुभएको हो । नमोबुद्ध नगरपालिकाको लागि सर्जिकल मास्क ३ सय थान, कपडाको मास्क ४सय थान, ह्यान्ड सेनिटाईजर १२ बोत्तल र १० सेट पिपिई नगरपालिकाको प्रमुख टिपी शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

नोभल कोरोना भाइरसविरुद्ध सचेतना, नमोबुद्धखबर परिवार

प्रतिक्रिया दिनुहोस !