
-
नमोबुद्ध संवाददाता
चैत्र २८, काभ्रे–जिल्लाको रोशी गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमित वा उच्च जोखिम भएको बिरामीहरुलाई प्राप्त गरी समयमा उपचारप्रदायक संस्था तथा स्थान(अस्पताल) मा पु¥याउनको लागि पिआरटि ( Patient Receiving Team )को गठन भएको छ । गाउँपालिकामा शुक्रबार गाउँपालिकाका प्रमुख डिबी मोक्तानको अध्यक्ष्तामा बैठक बसी तिन जनाको पिआरटि गठन भएको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिनुभयो ।
तीन जनाको पिआरटिमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको संयोजक तथा सदस्यहरुमा स्वास्थ्य संयोजक गंगालाल श्रेष्ठ, कटुन्जेबेशीे ईलाका प्रहरी कार्यालयका ईन्चार्ज धनजित थिङ हुनुहुन्छ । सल्लाहकारमा गाउँपालिकाको प्रमुख डिबी मोक्तान, उप प्रमुख लक्ष्मी उप्रेती बार्तौला हुनुहुन्छ ।
स्वास्थ्य संयोजक श्रेष्ठका अनुसार पिआरटि टिमले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि गाउँपालिका लगायत विभिन्न स्थानबाट रोशी गाउँपालिकामा रहेको शंकास्पद तथा उच्च जोखिमको बिरामीलाई समयमा नै परिक्षण, उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन सहयोगी भूमिका खेल्नका लागि गठन भएको हो ।
यसरी जोखिम समुहका बिरामी तथा शंकास्पद बिरामीलाई समयमा नै परिक्षण र उपचार गराउदा गाउँपालिकाबासी नै सुरक्षित हुने उहाँको विश्वास रहेको छ ।
रोशी गाउँपालिकाको अन्य कृयाकलाप /तयारी
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि ३ वटा एम्बुलेन्स तयारी अवस्थामै रहेको छ । गाउँपालिका भित्र अहिले २ स्थानमा क्वारेन्टाईन तयार भैसकेको छ । क्वारेन्टाईनहरु मंगल जनविजय क्याम्पसमा ५ बेडको र रोशी याउँपालिका वडा नं.२ लक्ष्मीनारायण माविमा ५ बेड गरि १० बेडको रहेको छ । गाउँपालिकामा अहिले १ वटा मात्र थर्मल गन रहेको तथा थप्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
रोशी गाउँपालिकामा अहिलेसम्ममा २४ जना व्यक्तिहरु विदेशबाट फर्किएका छन् । तिनीहरुमध्ये धेरै जनाको एकान्तबास वा होम क्वारेन्टाइनको समय सकिएको छ । अहिलेसम्म गाउँपालिका भित्र विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको संक्रमणमा जस्तो लक्षण देखिएको छैन । रोशी गाउँपालिकाले गाउँपालिकाभित्र सबैभन्दा बढि नागरिकलाई रोगको बारेमा सुसूचित बनाउन सचेनात्मक कार्यक्रमहरु गरेको छ ।
गाउँपालिकामा सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पिपिई उपलब्ध गरेको तथा आवश्यक औषधीहरुको पनि व्यवस्थापन भएको छ । गाउँपालिकाले वडास्तरीय विपद व्यवस्थापन समितिको गठन, मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि खाद्यन्नका पसलहरु खोल्ने समय तोकिनुका साथै भिडभाड गर्न नपाईने नियम त्यसको कार्यान्वयन, नियमन गर्ने, नियमित औषधी सेवन गर्नेहरुका लागि गाउँपालिकाले वडा वडामार्फत औषधीको विवरण संकलन गर्ने, अति विपन्न परिवारको लगत संकलन उनीहरुका लागि राहत वितरण कार्य गरिहेको छ।
भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका भित्रको बढि मानिसहरुको आवतजावत हुने स्थानमा डिस्ईन्फेक्टेन्ट छर्किएको र अझै केहि स्थानहरुमा स्प्रे गर्ने तयारीमा रहेको रोशी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो ।
नोभल कोरोना भाइरसविरुद्ध सचेतना, नमोबुद्धखबर परिवार