• कृतिका घलान

धुलिखेल– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ लगायतका रोगको निगरानीलाई सुदृढीकरण गर्नका लागि शक्रबारदेखि कल सेन्टरको संचालन गरेको छ ।

यो स्वास्थ्य क्षेत्रमा पहिलो पटक संचालनमा ल्याइएको कलसेन्टर हो । महाशाखाका तथ्याङ्क अधिकृत कृष्णराज पाण्डेका अनुसार यस कलसेन्टरमार्फत देशको कुनै पनि क्षेत्रमा कुनै किसिमका महामारी फैलिदा सर्वसाधारण मार्फत छिटोछरितो सूचना प्राप्त गरि महामारी नियन्त्रण गर्न सहज हुने जानकारी दिनुभयो ।

महाशाखाका अनुसार शनिबार पनि संचालन हुने कल सेन्टर हाल बिहान ६ बजे देखि राति १० बजेसम्म संचालन हुनेछ । नेपाल टेलिकम,एनसेलबाट कल सेन्टरको पैशा नलाग्ने फोन नम्बर १११५ मा फोन गरेर जानकारी लिने व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अहिले विश्वमा फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा पनि बढिरहेको अवस्थामा विभिन्न खाले अफवाहहरु बढिरहेको छ । कल सेन्टर, कोभिड १९ लगायत भविश्यमा हुने सबै किसिमको महामारीजन्य रोग निगरानीमा आवश्यक सबैलाई वास्ताविक सूचनाहरु आदानप्रदान गर्नमा सहयोगि हुने उहाँको विश्वास छ।

प्रतिक्रिया दिनुहोस !