• नमोबुद्ध संवाददाता:

काठमाडौं-प्रदेश नम्बर–५ को दाङ बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्सपोमा मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश–५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो ।

उहाँले एक्सपोले प्रदेशभित्र रहेका सांस्कृतिक विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हालै ३ दिनसम्म चलेको एक्स्पोमा विभिन्न उत्पादन, व्यवसायिक तथा नवीनतम् प्रविधिको समेत प्रदर्शनी गरिएको थियो ।

सांस्कृतिक रौनक

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सांगीतिक तथा सांस्कृतिक सहकार्यमा थियो ।
जसमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको संयोजन प्राज्ञ अशोक राईको रहेको हो ।

जहाँ थारु, मगर तथा गन्धर्व जातिका लोकनृत्यका साथै मौलिक धुनहरु प्रस्तुत गरिएको थियो । यसका साथै थारु जातिको सखिया, झुम्रा, लाठी नाच, सोरठी, कौरा, टप्पा नृत्य प्रस्तुत गरिएको थियो ।

विभिन्न २७ विद्यालयका २४० जनाले विद्यार्थीद्वारा सामूहिक प्रस्तुत गरिएको थियो भने १६० जनाले मौलिक भेषभुषामा थाली नृत्य प्रस्तुत गरेका थिए ।

१२ वटा जिल्लाबाट आएका गन्धर्व समूहले सारङ्गीमा मंगल धुन, भजन धुन, भ्याउरे भाका र द्यौसी भाका सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !