
-
नमोबुद्ध संवाददाता
काठमाडौं–‘कोरौँ मुहार चित्र’ अभियानअन्तर्गत कलाकारहरूले यो पटक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई उतारेका छन् । आइडब्ल्युएसको आयोजनामा एकैसाथ दश कलाकारले कुलपति उप्रेतीको मुहार चित्र कोरेका हुन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा आयोजित स्थलगत मुहार चित्र सृजना कार्यक्रममा संस्थाका अध्यक्ष एनबी गुरुङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामालगायतका कलाकारले कुलपति उप्रेतीलाई अगाडि कुर्सीमा राखेर विभिन्न कोणबाट मुहार चित्र बनाएका प्रज्ञा प्रतिष्ठानका सञ्चार विभाग प्रमुख एवम् प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो ।
क्यानभास, कुची र पानीरङ साथमा लिएर बसेका कलाकारहरूले जुन कोणबाट व्यक्तिको मुहार जस्तो देखिएको छ त्यस्तै चित्रमा उतारेका थिए । संस्थाका अध्यक्ष गुरुङका अनुसार यसरी नै यसअघि विभिन्न व्यक्तित्वका मुहार चित्रहरू बनाइसकिएको ।