-
नमोबुद्ध संवाददाता
चौंरीदेउराली–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ कात्तिकेदेउरालीस्थित साुमदायिक विद्यालय प्रभा माविलाई नमुना बनाउन स्थानिय अभिभावकदेखी सांसदसम्म लगिरहेकै छन् ।
कोशीपारी क्षेत्रको एतिहासीक यो विद्यालयलाई शैक्षिक कार्यक्रमका साथै भौतिक संरचना र सेवा सुविधाको पाटोमा समेत अब्बल बनाउँदै लैजानेक्रममा आधुनिक नयाँ नयाँ भवनहरुले साकार रुप पाएको छ ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट विद्यालयको विद्यमान भौतिक संरचना क्षतिग्रस्त भएकोमा अहिले यो ठाउँमा आधुनिक भवनहरु ठड्याइएको छ ।
नमुना विद्यालयको रुपमा सरकारले मान्यता दिएपछि हालसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्तको नेतृत्वमा ५ वटा भवन निर्माण भएको हो । जसमा स्थानिय अभिभावकदेखी राष्ट्रिय पुननिर्माण प्राधिकारण,केन्द्रिय आयोजना कार्यन्वयन इकाई(शिक्षा) र सांसदहरुसम्मको सहकार्य छ ।
प्रधानाध्यापक क्षितिज सुब्बाका अनुसारसम्म सम्पन्न भवनहरुमध्ये कक्षा कोठाको लागि मात्रै २ वटा भवन हुन् । १२।१२ वटा कोठा रहेको यि दुई भवनमा २४ वटा कोठा रहेका छन्,जुन अब विद्यार्थीहरुका लागि पर्यात छन् ।जहाँ विद्यार्थीहरु पढ्ने कोठा,पुस्तकालय,प्रयोगशाला कक्ष लगायत छन् ।
त्यस्तै २५ छात्रा र २५ छात्रको क्षमता रहेको १ वटा होस्टेलको लागि पनि भवन बनिसकेकेको छ । छात्राछात्रको लागि अत्याधुनिक शौचालय १ वटा र क्यान्टिन १ वटा बनेका छन् ।
पुनर्निर्मित यि ५ वटा भवन बनाउन करिब ९ करोड लालेको प्रधानाध्यापक सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार हाल यो विद्यालयमा ५ सय १४ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०१० सालमा स्थापना भएको यो विद्यालय चौंरीदेउराली गाउँपालिकाकै पहिलो विद्यालय हो भने कोशीपारीकै दोस्रो विद्यालय हो ।
निरन्तर साथ रहने जनप्रतिनिधिहरुको प्रतिवद्धता
प्रभा माविको शैक्षिक विकासको पाटोमा सदैव साथ रहने संघी सांसद,प्रदेश सांसद तथा पालिका प्रमुख लागयतका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाए ।
हालै यहाँ निर्माण सम्पन्न सम्पूर्ण संरचनाहरुको हस्तान्तरण गर्दै संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज)ले प्रभा मावि आफैंमा नमुना बिद्यालय रहेकोमा ठुलाठुला भवनहरु निर्माणले समेत साकार रुप पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
यो खुसी विशेषत : यहाँका स्थानिय विद्यार्थी अभिभावक र विद्यालय परिवारको हो भन्दै बधाई व्यक्त गर्नुभयो । यो विद्यालय कोशीपारीका ३९ वटा स्कुलको नेता भएको उहाँको भनाई छ ।
त्यस्तै वागमती प्रदेश सांसद रत्न ढकालले प्रभा माविका विद्यार्थीका लागि अर्को वर्षदेखि एउटा स्कुल बस गाडीको व्यवस्था गर्ने र अन्य आवश्यकता समेत पूरा गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभयो ।
गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिका भित्र २ वटा नमुना विद्यालय रहेको जनाउँदै अन्य विद्यालयलाई समेत नमुना बनाउँदै लाने वचन दिनुभयो ।