• नमोबुद्ध संवाददाता

नमोबुद्ध–‘हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ भन्ने मुल नाराको साथ काभ्रेको ऐतिहासिक धार्मिकस्थल नमोबुद्धमा सोमबार हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होछारको अवसरमा हुने शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको प्रचारप्रसार,लामा,कलाकार तथा अतिथि निमन्त्रणा लगायतका व्यवस्थापकिय एवम् प्राविधिक तयारी सकिएको नमोबुद्ध विकास मञ्चले जानकारी दिएको हो ।

युवा समाजसेवी तथा नेकपा जिल्ला नेता राकेश लामाका अनुसार नमोबुद्ध घ्याङ्ग गुठि व्यवस्थापन समितिसँग मिलेर गर्न लागेको कार्यक्रममा पुजा, पाठ, झाँकि सहित नमोबुद्ध भगवान घ्याङ्ग गुठि व्यवस्थापन समितिको नव निर्मित भवनको समेत उद्घाटन गरीने छ ।

कार्यक्रममा स्थानिय झाँकीका साथै राष्ट्रिय रुपमा चर्चित सञ्जीव वाईबा,शशिकला मोक्तान,विशाल थिङका साथै सुवास मोक्तान,अमृत लामा,प्रकाश तिमल्सिना,सिर्जना तामाङ, गणेश केसी,सपना लामा,सुदिपराज रेग्मी लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

नमोबुद्धको पहिचान थप स्थापितका लागि समृद्ध नमोबुद्धको परिकल्पना गरिएअनुसार नीतिगत तहबाट भुमिका निर्वाह गरिरहनुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ,संघीय सांसद गंगाबहादुर दोङ,नविना लामा,पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ,पूर्व सभासद रामहरि सुवेदी,नेकपा जिल्ला नेता टोकबहादुर वाईबा,नगरप्रमुख टिपी शर्मा लगायतका नेताहरुको सम्बोधन पनि कार्यक्रममा समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !