-
कृतिका घलान
रोशी- काभ्रेको रोशी गाँउपालिकास्तरिय अस्पताल वडा नं.१ को फलामेसाँघुमा बन्ने भएको छ ।
रोशी गाउँ कार्यपालिकाको ३८औँ बैठकले सो ठाउँमा १५ शैयाको पालिकास्तरिय अस्पताल बनाउने निर्णय गरेको हो ।
संघिय सरकारको नीति तथा बजेटमा बन्न लागेको सो अस्पतालको औपचारिक आवश्यक ड्राफ्टको तयारी यहि कार्तिक मसान्तसम्ममा सकाउने योजना रहेको रोशी गाँऊपालिका वडा नं. १का अध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो ।
जनसंख्याको वितरण, भौगोलिक अवस्थिति एवमं आवश्यकताको आधारमा संघ, प्रदेश र स्थानिय तहमा अस्पताल र स्वास्थ्य संस्थाहरु तथा सीप मिश्रित सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने जनशक्तिको विकास र बिस्तार गर्ने पान्धौँ योजनाको रणनिति अनुरुप अस्पताल बन्न लागेको उहाँले बताउनुभयो ।
अध्यक्ष लामाका अनुसार अहिले पूर्णरुपको योजना निर्माण चरणमानै रहेको छ ।
अस्पताल बनेपछि रोशी र आसपासका समेत स्थानीय लाभान्वित हुनेछन्