-
कृतिका घलान
काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रको गोकुले धापसम्म बस सन्चालनमा आएको छ । बनेपादेखि सिपाली, महादेबटार, बेसारे, बन्खुहुदैं गोकुले धापसम्म बस सन्चालनमा आएको हो । सुरुमा बनेपाबाट मंगलटार, जुगेपानी, रामपुरहुदैँ त्यहाँसम्म बस जाने गरिन्थो ।
सोमबार कार्यक्रमको उद्घाटन गर्नुहुदै महाभारत गाँऊपालिकाका प्रमुख कान्छालाल जिम्बाले अब यस भेगको जनतालाई सदरमुकामसम्म पुग्नका लागि पहिले जस्तो धेरै समय नलाग्ने साथै भाडादर पनि रामपुर हुदैं जाँदा प्रतिव्यतिm रु.७७० लाग्नेमा अब धापबाट महादेबटार हुदै बनेपा सम्मको प्रतिव्यक्ति रु. ५८०मात्र लाग्ने जनाउनुभयो ।
कार्यक्रममा काभ्रे बस कम्पनी प्रालीका अध्यक्ष श्री वर्ण शाक्यले भने अधिकाशं सडकखण्ढ कच्ची रहेकोले विद्यार्थीको लागि सहुलियत दिन नसकिने बरु जेष्ठनागरिकको सम्मानस्वरुप नि ःशुल्क सेवा प्रदान गरिने बताउनुभयो ।
सदरमुकामसम्मको यात्रा गर्नका लागि सस्ती व्यहोरि रहेको गोकुले, धाप, घर्तिछापलगायतका जनताले अब सस्तो, छिटो सडक सुविधा पाउदां सबैमा खुशी थपिएको छ ।