
-
नमोबुद्ध संवाददाता
पाँचखाल–काभ्रेको पाँचखालमा यो बुधबारदेखी हुने दोस्रो पाँचखाल महोत्सव–२०७६ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
महोत्सवका लागि स्टल व्यवस्थापन,प्रचारप्रसार,अतिथि तथा कलाकार निमन्त्रणा लगायतका तयारी सकिएको आयोजक पाँचखाल युनाइटेड फूटबल एशोसिएसन(पुफा)का अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
विजया दशमी र दीपावलीको अवसर पारी गर्न लागिएको महोत्सवमा स्थानिय कला संस्कृति,कृषि,उत्पादन,खाना,लत्ताकपडा,घरायसी प्रयोजनका सामाग्री लगायतका ८५ वटा स्टलहरु रहने श्रेष्ठले बताउनुभयो ।
स्टलका ति बस्तुहरु प्रदर्शनीका साथै विक्रिवितरण पनि गरिनेछ । साथै बालउद्यान,सर्कस,मनोरञ्जन पार्क तथा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती पनि समावेश गरिनेछ ।
महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विहान ८ बजे उद्घाटन गर्ने तय भएको स्थानिय वडाध्यक्ष तथा महोत्सवका सल्लाहकार हरि खतिवडाले जानकारी दिनुभयो ।
‘खेलकुद विकासमा युवा अभियान, कृषि, सँस्कृति र पर्यटन प्रबद्र्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मूल नाराका साथ पाँचखाल नगरपालिका, उद्योग वाणिज्य संघ, नगरमा सक्रिय विभिन्न सामाजिक संघसंस्था तथा क्लवहरुसँगको समन्वय र सहकार्यमा हुन लागेको महोत्सव कृषि नगर भनेर कहलिदै गरेको पाँचखालको सकारात्मक पहिचान अभिवृद्धि,संस्कृति तथा पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने वडाध्यक्ष खतिवडाको भनाई छ ।
उहाँका अनुसार महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ ।