नगद १ लाख र शिल्डट्रफी काल्धारलाई
नमोबुद्ध संवाददाता
रोशी–गाउँपालिकाका अध्यक्ष डिबि (दलबहादुर) मोक्तानले रोशी क्षेत्रमा बृहत फूटबल प्रतियोगिता भएको दावी गर्दै यसप्रति गर्व लागेको बताउनुभयो ।
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा वडादशैको अवसरमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पञ्चबुद्ध युवा क्लबद्धारा आयोजित खुल्ला बृहत रोशी फूटबल कप प्रतियोगिताको समापन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत फूटबल खेल्न सक्ने खुवी भएका,नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु रोशीकै गौरवको विषय रहेको उहाँको धारणा छ ।
नेपालमा फूटबलको ईतिहास स्मरण गराउँदै उहाँले भन्नुभयो–“विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर ईतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा हो,२००४ सालमा नरशम्सेरद्धारा सुरु फूटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फूटबलको रुपमा शुभारम्भ भयो,खेलप्रति नेपालीको दृष्टिकोण उदार भएन,यिनै कठिन यात्राकोबिचमा आज रोशीको गाउँगाउँमा आईपुग्नु र आज यो प्रतियोगिता हुनु सामान्य हैन,यो हाम्रो गौरवको विषय हो ।”
कार्यक्रमका प्रमुख अतिथि मोक्तानले रोशीमा आगामी दिनमा यसखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
युवा जागरण,युवा सिर्जनशीलताको सम्मान मिल्ने यसखाले प्रतियोगिता भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो–“हाम्रा स्थानिय क्लवका अध्यक्ष अजय र वडाध्यक्ष मिलन लामाले यसखाले प्रतियोगिताको अवधारणा ल्याउनुभयो,आज यो सफल भएको छ,उहाँहरु लगायत नैतिक,भौतिक,वौद्धिक रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ।”
प्रतियोगिता समापन समारोहका विशेष अतिथि समाजसेवी शंखबुद्ध लामाले यो प्रतियोगिताले युवा एकताको सन्देश जाने बताउनुभयो ।
उहाँले भन्नुभयो–“हामी मिले थुप्रै कामहरु सफल हुन्छ,आज यहाँ विशाल प्रतियोगिता भएको छ,यसले युवालाई अनुशासन सिकाएको छ,यसखाले मानविय संकल्पशिलता र चेतनाबाटनै हामीलाई सफता मिल्दछ ।”
नगद १ लाख र शिल्डट्रफी काल्धारलाई
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाईनल खेलमा पिन्थली फूटबल क्लव र काल्धार युवा क्लवबिचको भिडन्त रोमाञ्चक रह्यो ।
दुवै टिमका खेलाडीहरु आक्रमक रुपमा प्रस्तुत भएपनि खेलको छिनोफानो २–१ गोल अन्तरले गरायो । काल्धार टिमले खेलको पहिलो हाफअघि १ गोल त्यसपछि पनि १ गोल गरेपछि पिन्थली टिम थप उर्जाका साथ मैदानमा उत्रे ।
त्यसको परिणामस्वरुप १ गोल गरेर जवाफ दियो काल्धार टिमलाई, त्यसपछिको समय दुवै टोली गोलरहित भएपछि खेलको छिनोफानो २–१ गोल अन्तरले भएको हो । प्रतियोगिताका प्रमुख विजेता काल्धार युवा क्लवले शिल्ड तथा ट्रफी,मेडल,प्रमाणपत्रका साथ नगद १ लाख ५० हजार प्राप्त गरेको छ ।
उपविजेतामै चित्त बुझाउन बाध्य पिन्थली फूटबल क्लवले शिल्ड तथा ट्रफी,मेडल तथा नगद ५० हजार प्राप्त गर्यो ।
प्रतियोगिताको वेष्ट मिडफिल्डरमा काल्धार क्लवका विकास लामा,वेष्ट फरवार्डमा पिन्थली क्लवका ७ नं जर्सीवाला खेलाडी,वेष्ट कोचमा देव सिं लामा,वेष्ट गोलकिपरमा मेच्छे टिमका खेलाडी घेषित भए ।
वडाध्यक्ष मिलन लामा लगायतका व्यक्ति तथा विभिन्नतहको आर्थिक सहयोगमा भएको प्रतियोगितामा जिल्ला स्तरकै प्रतियोगिताहरुमा सहभागि भई अनुभव बुटुलेका सहित गरी २० वटा टिमहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष अजयबुद्ध लामाले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापनमा रोशी र तेमालका गाउँगाउँबाट संयौं स्थानिय कालढुंगा ओर्ले । सांगीतिक कार्यक्रम समेत रहेकोले उनिहरुले मनोरञ्जन समेत लिए ।