
खेलमैदान र फुटबल खेलको संयुक्त उद्घाटन
-
राजकुमार गोले
कामीडाँडा–३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कम्युनिस्ट नेतृत्वको सरकारले बिकास निर्माणमा क्रान्ति ल्याउने दाबी गर्नुभएको छ ।
शनिबार काभ्रेको बेथानचोक गाउँपालिका ५ स्थित कामीडाँडामा रहेको कामिडाँडा रुपान्तरण तथा संरक्षण विकास केन्द्रको आयोजनामा नवनिर्मित नागपोखारी खेलमैदान तथा फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री दुलालले यस्तो बताउनुभएको हो ।
१३ बर्षपछि युद्धभुमी कामीडाँडा आउनुभएका मन्त्री दुलालले जनयुद्धको स्मरण गर्दै भन्नुभयो–“हिजो हामी बन्दुक र बिचारको लडाइँमा थियौं, आज जनताको जनमुखी काम गर्न विकासको लडाइँमा छौ,अब हामी यो चाहन्छौंकी विकास निर्माण क्रान्ती ल्याउनुछ, यसका लागि हामी सबै एकजुट हुन अबश्याक छ ।”
नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री दुलालले राजनीतिक परिवर्तन बिना विकास निर्माणको कार्य सम्भब नहुने जिकिर गर्दै अबको बिकास स्थानियस्तरबाटनै गर्दै अगाडि बढ्ने बताउनुभयो ।
हरेक निर्माण कार्य जस्तै खेलकुद क्षेत्रमा पनि आमूल परिवर्तन गर्न ३ नम्बर प्रदेश सरकार सदैव तत्पर रहेको उहाँको भनाई छ ।
कार्यक्रममा मन्त्री दुलाललाई आयोजक संस्थाका अध्यक्ष मर्दन सिं तामाङ पेमाले खेलमैदानको थप विकासको लागी प्रास्ताब राखेपछि मन्त्री दुलालले सहयोगको बचन दिनुभएको हो ।
बेथान्चोक गापा वडा न. ५ कामिडाँडामा नवनिर्मित कामिडाँडा नागपोखरी खेलमैदान निर्माणका लागि गत आर्थिक वर्ष प्रदेश सरकार सा.बि.म.बाट रु.५० लाख बजेट बिनियोजन गरेको थियो ।
कार्यक्रममा पुर्व राज्यमन्त्री सुर्यमान दोङ, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, संविधानसभा सदस्य रामहरि सुवेदी, नेकपा युवा नेता इन्द्रबहादुर थिङ(छिनताङ), पनौती नगर पालिकाका मेयर भिम न्यौपाने, खानीखोला गाउँपलिकाको अध्यक्ष कृष्ण बहादुर खुलाल राष्ट्रिय युबासंघ नेपालका केन्द्रिय सदस्य अभिलाष तामाङ र बेथानचोक गाउँपालिका ५ नम्बर वडाका वडा सदस्य सुकु भ्लोन तामाङ लगायत उपस्थित थिए ।
उद्घाटन खेलमा खानीखोलाको जित
नवनिर्मित खेल मैदानमा शनिबार सुरु खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खानीखोला गाउँपालिकाले विजय शुरूवात गरेको छ ।
खानीखोलाले शिव दर्शन युवा क्लब तावारीलाई १–० ले पराजित गर्दै जितको शुरूवात गरेको हो ।
प्रतियोगितामा चल्तीका स्थानिय क्लवहरुले सहभागिता जनाएका छन् ।
फोटो फिचर :