• नमोबुद्ध संवाददाता :

काठमाडौं–दुईदिने नेपाल भ्रमणका लागि शनिबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ ।

उहाँको स्वगतका लागि विमानस्थलमै समकक्षी विद्यादेवी भण्डारीदेखी प्रधानमन्त्री केपी शर्मा ओली,सरकारका मन्त्रीहरु र उच्च तहका कर्मचारीसम्म पुग्नुभयो ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु,उच्च तहका कर्मचारीहरु विमानस्थल पुग्नुभएको हो ।

२३ वर्षपछि चिनियाँ उच्च तहबाट नेपाल भ्रमण भएकाले सरकारले सीको राजकीय स्वागत तथा सम्मान गरेको हो ।

उहाँ विमानस्थलमा उत्रिए लगत्तै दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको छ ।

साथै उहाँको सम्मानमा शनिबारनै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।

विशेष विमानबाट भारतको चेन्नाई हुँदै त्रिभुवन विमानस्थलमा उत्रिएपछि सीलाई अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले दिने गरेको गार्ड अफ अनर प्रदान गरेको हो ।

उहाँको स्वागतमा काठमाडौंका सडक विशेष रुपमा सजाईनुका साथै काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहित खटाइएको थियो ।राष्ट्रपति सी होटल सोल्टीमा बास बस्नुहनेछ,साथै उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आयोजित रात्रीभोजमा सरिक हुनुहुनेछ ।

उच्चस्तरीय भेटवार्ता गरी उहाँ आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

भेटवार्ताका क्रममा नेपालका लागि महत्वपूर्ण सहयोग तथा परियोजनाहरुमा सहयोगको समझदारी एवम् सम्झौता हुने अपेक्षाका कारण उहाँको भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

तस्विरहरु: ekantipur.com

प्रतिक्रिया दिनुहोस !