
नमोबुद्ध संवाददाता
काठमाडौं–गायक केशव राईकोे ‘हितैको माया’ नामक तेस्रो गीति एल्बम हालै राजधानीमा एक औपचारिक समारोहकाबिच सार्वजनिक भएको छ ।
‘हितैको माया’ गीति एल्बमका गायक स्वयम् भने मकाउमा कार्यरत हुनुहुन्छ । सेवा इन्टरटेन्मेन्टको ब्यानरमा गीतकार जीवन मुकारुङले संयोजन गरेको कार्यक्रममा यो एल्बमको प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बू, विशेष अतिथिहरू गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार टीका चाम्लिङ, आख्यानकार राजन मुकारुङ, कविहरू चन्द्र रानाहँछा, रविन्द्र दिखुक्पा, शुक्र राई लगायतले लोकार्पण गर्नुभएको हो ।
दशैंको अवसरमा सार्वजनिक गरिएको ‘हितैको माया’ एल्बममा ‘हितैको मायालाई’, ‘झममा झम’, ‘हाँसेर बोलिदेऊ सानु’, ‘जुग जाने माया’, ‘खोले हुन्थ्यो सोल्टिनीले’ र ‘साकेला नाचौँ’ गरी ६ ओटा लोकआधुनिक र फ्युजन दोहोरी गीतहरू समाविष्ट छन् ।
एल्बममा गायक केशव राईलाई सुनिता थेगिम, सरु कोयु, शशी राई, श्रेयसी चेम्जोङ, राजु आङ््देम्बे लगायतले स्वरमा साथ दिनुभएको छ भने शब्द लब्ली तुलसी, जिविहाङ राई, सरु कोयु, कुमार राई, टीका चाम्लिङ र स्वयम् गायक समेतको रहेको छ ।
एल्बमको शिर्षगीतको भिडियो गायक केशव राईको अफिसियल युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।
गीति एल्बम सार्वजनिक समारोहका प्रमुख अतिथि प्राज्ञ शशी लुमुम्बूले नेपाली गीत–सङ्गीतको विकासमा डायस्पोरामा रहेका सर्जकहरूको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।
उहाँले गायक केशव राईको ‘हितैको माया’भित्रका गीतहरूले माया, प्रेमका साथसाथै जीवन जगतबारे बोलेको धारणा व्यक्त गर्नुभयो ।
साथै अन्य वक्ताहरूले गायक राईको गायकीको प्रशंसा गरेका गर्नुभयो ।
विगत २५ वर्षदेखि गायनमा क्रियाशील राईले यसअघि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम प्रकाशित गरिसक्नुभएको छ ।
भिडियोसहित :