नमोबुद्ध संवाददाता

उदयपुर–प्रहरीद्धारा उदयपुर जिल्ला चौदण्डी गढी न. पा. वार्ड नं ६ पुष्पलाल चोकबाट पक्राउ परेका भारतिय नागरिक भनिएका ४ जना सामान्य नागरिक रहेको स्थानियले दावी गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी इन्चार्ज बुद्धिराम चौलागाईं सहितको टोलीले पुष्पलाल चोक स्थित मन कुमारी राईको घरमा डेरा गरि बस्ने दार्जलिङका भारतीय नागरिक दिपेन सुब्बा, सबिता सुब्बा, गौरब थापा र श्वेता थापालाई पक्राउ गरेकोमा उनिहरु निर्दोष रहेको स्थानिय आफन्तजनको भनाई छ ।

स्थानीयले उनीहरू दार्जलिङका सामान्य नागरिक रहेको दाबी गरेका छन्,ति व्यक्तिहरुलाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।

प्रहरीले उनीहरुलाई प्रहरी कार्यालय बेल्टार नलगी जिल्ला प्रहरी कार्यलय गाइघाटमा बुझाएको भनेको तर मान्छे गाइघाटमा नभएको सूचना प्राप्त भएपछि मिडियाकर्मिले प्रहरीसङ्ग बुझ्दा पक्राउ आदेश पाएर पक्राउ गरि सिलगुडी भारतीय प्रहरीलाइ बुझाइसकेको जनकारी दिएको छ ।

प्रहरी इन्चार्ज बुद्धिरामले भने ती व्यक्तिहरु गोर्खाल्याण्ड चाहिन्छ भन्ने आन्दोलनकारी रहेको बताउनुभयो । स्थानिय तथा आफन्तजन भन्छन्–‘उदयपुरबाट पक्राउ परेका ४ नागरिकको के दोष ?,किन एकाएक वेपत्ता पारिए ?’

प्रत्यक्षदर्शी घर मालिक तथा छरछिमेकीका अनुसार प्रहरी इन्चार्ज चौलागाईं र चौलागाईंको टोलि हातहतियार सहित आई, बिना कुनै पक्राउ पुर्जी, घर घेरा हालेर साधा पोसकको प्रहरीले अस्ती साँझ ७ बजेतिर अपहरणको शैलिमा प्रक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुका नातेदार र सरोकारवालाहरुले ति ४ जना व्यक्तिहरुको हालको अवस्थाको बारेमा प्रहरी कार्यालय र प्रहरी कर्मचारीहरुले कुनै पनि जानकारी नगराएको बताएका छन् ।

तर उनका आफन्तजनहरूले निजहरूको कहाँ र कुन ठाउँमा छ भन्ने यकिन नेपाल प्रहरी गाइघाट चौकीले दिनु पर्ने माग रखेका छन् ।

प्रतिक्रिया दिनुहोस !