
-
नमोबुद्ध संवाददाता
काठमाडौं–वास्तवमा कुनै पनि चलचित्रको कथालाई बाँध्न र डोहोर्याउन त्यसमा समावेश गरिएको गीतको महत्वपूर्ण भुमिका हुन्छ । जस कारण चलचित्र थप आकर्षक पनि बन्छ ।
यस सन्दर्भमा तामाङ कथानक चलचित्र ‘म्युङ पुजू’को दोश्रो गीत ‘जकि जकि ए न्होङ्गै’ यस्तै प्रकृतिको गीत हो । जसको भिडियो हालै सार्वजनिक भएको छ । यो गीत दमदार डान्सिङ नम्बरमा तयार पारिएको छ ।
गीतको भिडियोमा नव नायक प्रेम तामाङले गज्जबको नृत्य प्रस्तुत गर्नुभएको छ । उहाँको पहिलो चलचित्र भएपनी कमेन्ट गर्ने कुनै ठाउँ नभएको बताईन्छ ।
उहाँलाई नायिका सुस्मा मोक्तानले साथ दिनुभएको छ । सुस्मा मोक्तान म्युङ पुजूका मुख्य नायिका हुनुहुन्छ । अहिले सार्वजनिक भएका यस गीत संगै यस अघि सार्वजनिक ‘जब माया बुजी’ यि दुबै गीतका भिडियोहरुमा नायिका मोक्तानलाई देख्न सकिन्छ ।
‘जकि जकि ए न्होङ्गै’ मा संगीत प्रयास दोङको रहेको छ भने स्वर विशाल काल्तान र गायिका जितु लोप्चनको छ । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गर्नुभएको हो ।
चलचित्र छिट्टै दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष लागि परेको सञ्चा रसंयोजक प्रितम गोले तामाङले जनाउनुभयो ।
तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्मित चलचित्रलाई कान्छी माया गोलेले निर्माण गर्नुभएको हो ।
अजय स्याङ्तानद्धारा निर्देशित यस चलचित्रमा नायक प्रेम गोले,नायक इश्वर लामा,नायिका सुस्मा मोक्तान लगायतको जोडदार अभिनय हेर्न सकिनेछ ।
साथै अन्य कलाकारहरुमा वीर बहादुर गोले तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायत छन् ।
बिक्रम मोक्तानले छायांकन गर्नुभएको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा ऋतुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ हुनुुहुन्छ ।
भिडियोसहित :