
-
कृतिका घलान
बनेपा‘हाम्रो अभियान खेलको ज्ञान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ काभ्रेको बनेपामा जारी ’तेस्रो बनेपा महोत्सब २०७६’ को अवधि दुई दिन थपिएको छ । असोज ६ देखि १६ गतेसम्म हुने भनिएकोमा अब १८ गते सम्म हुने भएको हो ।
महोत्सबका संयोजक तथा गायक हरि कर्माचार्यले दशैंको अवसर पारिएको महोत्सबमा दर्शकको चाप अझ बढिरहेकोले दर्शकको मागलाई सम्बोधन गर्नका लागि २ दिन थप गरिएको स्पष्ट पार्नुभयो ।
चर्चित कलाकार सहितको साँस्कृतिक मनोरन्जनका साथै विभिन्न किसिमका सरसामान, डेन्टल सर्भिस, फुड स्टलहरु, बालबालिकाका लागि खेलकुद उद्यान जस्ता पूर्ण प्याकेज सहितको महोत्सबमा सम्पूर्ण उमेर समुहका मानिसहरुले मनोरन्जन लिन सकिने उहाँको भनाई छ । महोत्सव बनेपा व्वाईज क्लव (विविसी) को आयोजनामा भईरहेको हो ।
भिडियो हेर्नुहोस ।
https://www.youtube.com/channel/UCnMuYyfDRbb8L1mCK20ltAQ?view_as=subscriber
https://www.youtube.com/watch?v=sA-MLEOTQTM