• कृतिका घलान

धुलिखेल‒ सामुदायिक सारथीको आयोजना, युएसएडको सहयोगमा काभ्रे जिल्लाभित्र रहेका संघसंस्थाहरुबिच शुक्रबार सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ति संस्थाका प्रतिनिधिहरुले आफ्ना संस्थाको उद्देश्य, गर्दैआएका कृयाकलाप, उपलब्धी, चुनौती र समस्याको बारेमा चर्चा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्माले जिल्लाभित्र रहेका सम्पूर्ण संघसंस्थाहरुलाई स्थानिय तहले सहजीकरण गर्नका लागि ति संघसंस्थाहरुलाई कृयाकलापका आधारमा सूचिकृत गर्नुपर्ने र सबैजनाको अन्तिम उद्देश्य जनताको काम गर्नु नै रहेकोले ति कामहरुलाई समन्वय गर्नुपर्नेमा कुरामा जोड दिनुभयो ।

नेपाल अपाङ्ग महिला संघ, काभ्रेका महासचिव पम्फा पुर्कुटीका अनुसार संस्थाले जिल्लाको ८वटा स्थानिय तहहरुमा कार्य गर्दै आएको बताउदैं, अपाङ्गता भएका महिला बालबालिकाको सहभगिता, रोजगारी, आरक्षण सुनिश्चित, हिंसाको न्यूनिकरण, न्यायमा पहँुच, सार्वजनिक भवनहरु अपाङ्गमैत्रि बनाउनु पर्ने राज्यको व्यवस्थालाई सहजीकरण गर्दैआएको र अबको दिनमा समन्वय गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका काभ्रे जिल्ला अधिकृत गंगा लामाले भूकम्प पछिको पुननिर्माणमा सदाचार अपनाउन सार्वजनिक सुनुवाईका माध्यमबाट नागरिकको गुनासोलाई सरोकारवालाहरु समक्ष पुर्याउने र ति गुनासोको सुनुवाई गर्नका लागि सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । सिमान्तकृत समृदायको लागि योजना तर्जुमा, बजेटको कार्यान्वयनसम्बन्धी सचेतना वृद्धि जस्ता क्रियाकलापहरु गर्ने गरेको उहाँको भनाई छ ।

एएस्एफ नेपालका जिल्ला संयोजक कृष्ण बज्रचार्यले भूकम्प पछिको पुननिर्माणका लागि तालिमको व्यवस्था, प्राविधिक सहयोग, बित्तिय सहयोग, आवास पुननिर्माण अनुदान वितरणमा सहजीकरण जस्ता क्रियाकलापहरु गर्दैआएकोमा अबको दिनमा जिल्लाभित्र रहेका अन्य संघसंस्थासंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक सारथीका कार्यक्रम व्यवस्थापक अनिल खनालले संस्थाले गर्दै आएका गतिविधिको जानकारी गराउदैं आ–आफ्ना संस्था भित्रैपनि संस्थाको क्षमता मूल्याङ्कन गर्नुपर्ने, जसले संस्थाको आन्तरिक क्षमता वृद्धिका साथै आन्तरिक सुशासन हुने र पैरवी गर्नसकिने बताउनुभयो ।

सामुदायिक सारथीका जिल्ला कार्यक्रम संयोजक भेषराज दनुवारले जिल्ला भित्र रहेका संघसंस्था अन्य सेवाप्रदायकहरु बीच समन्वय गर्दा सेवा नदोहोरिने र समतामूलक सेवाप्रवाह हुने स्थिति बनोस भन्ने हेतुले यसखालको छलफल कार्यक्रम राखेको जनाउनु भयो ।

कार्यक्रममा सामुदायिक सारथी, ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल, नेपाल अपाङ्ग महिला संघ, नाङशाल एशोसियसन नेपाल, एएस्एफ नेपाल र युनियन लाईफ ईन्सरेन्स लगायतका संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !