-
नमोबुद्ध संवाददाता
वितेका बर्षदेखि अमेरिकाको नेपाली समुदायमा क्रियासिल एभरेस्ट टाइम्स पत्रिकाले पत्रकारितासंगै अमेरिकामा घुम्ती किम्फ फेष्टिभल गरि नेपाल चिनाउदै र दुर्गम जिल्लाको विद्यालयलाई सहयोग गदै आएको छ । एभरेष्ट टाइम्सले हरेक बर्ष घुम्ती किम्फ गरेर विद्यालयलाई सहयोग गर्न थालेको ५ बर्ष पुरा भएको छ । किम्फ (काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल) नेपालमा हिमाल एसोसियसनले लामो समयदेखिन राजधानीमा गदै आएको चर्चित फिल्म फेस्टिभल हो । एसोसियसनसंग एभरेष्टटाइम्सले अमेरिकामा ५ बर्षदेखि सहकार्य गदै आएको छ ।
नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनको आयोजनामा हुँदै आएको किम्फ देश बाहिर ट्राभलिङ (घुम्ती) किम्फको रुपमा विगत पाँच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा हुँदै आएको छ । यस पटकदेखिन एभरेष्टटाइम्सकै नामबाट स्थापना गरेको एभरेष्टटाइम्स फाउण्डेसनको सहआयोजनामा भएको हो । किम्फ नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेटेर बनाइएका विभिन्न उत्कृष्ट डकुमेन्ट्रीहरु जुन महिनाको १६ तारिख आइतबार उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा भएको थियो ।
किम्फमा एभरेष्टटाइम्सको सम्पादक ङिमा पाख्रिनलाई प्रवासको पत्रकारिताको साथै न्युयोर्कमा निरन्तर रुपमा हुँदै आएको किम्फको संयोजनको महत्वपुर्ण भुमिका निर्वाह गरेवापत न्युयोर्क सिटिले सम्मान गरेका थिए । उक्त सम्मानपत्र काउन्सीलमेन कोष्टाकोष्टनटिनीदेसको कार्यालयबाट प्रदान गरिएको थियो । उक्त सम्मान पत्र सम्पादक पाख्रिनलाई न्युयोर्क सिटिको कम्युनिटि ल्याजन जोया चौधरीले प्रदान गरेका थिए । ‘आफुले न्युर्योकमा गरेको सानो प्रयासलाई न्युर्योकसिटि काउन्सीलले चिनेर सम्मान गरेकोमा एभरेष्ट र न्युयोर्कसिटि काउन्सीललाई धन्यवाद ज्ञापन गर्न चाहान्छ’ सम्पादक ङिमा पाख्रिनले भने, ‘यो सम्मानले मलाई थप जिम्मेवारीबोध गराएको छ ।’
२ बजेदेखि ७ बजेसम्म भएको फेष्टिभलमा ‘सुपर माङक’, ‘मरिसकेको मान्छे’, ‘तटिनी’, ‘माउन्टेन मदर’, ‘डोल्पा डायरी’ र ‘कथा ७२’ चलचित्र प्रर्दशन गरिएको थियो । यस पटकको किम्फमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको साथै अन्य मुलुकको दर्शक पनि आएका थिए । एभरेस्ट टाइम्सले हरेक वर्ष आयोजना गर्दै आएको किम्फबाट उठ्ने रकम किम्फलाई र हलभाडा दिएर बचेको रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गदै आइरहेको छ । किम्फ प्रर्दशन गरेर बचेको रकम एभरेष्ट टाइम्सले शुरुमा सोलुखुम्बु जिल्लाको चांगेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गा सोलुलाई, त्यसपछि सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई र गत बर्ष रामेछाप जिल्लाको बाल्दिङ विद्यालयलाई दिएको थियो । यस पटकको किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको कुनै दुर्गम विद्यालयलाई दिने योजना रहेको एभरेष्ट टाइम्सले जनाएको छ ।
‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको छ’ एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने, ‘विदेशमा नेपाल चिनाउने र विद्यालयलाई सहयोग कार्यक्रममा उपस्थित भएर सहयोग गर्नेहरुलाइ हार्दिक धन्यवाद दिन चाहान्छु’ । उनका अनुसार किम्फबाट उठ्ने रकम जिल्लालाई दिने भनेर घोषणा गरेसंगै सम्बन्धित जिल्लाका संघसंस्थाहरु तथा व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन । ‘पाँचौ सस्करणसम्म आउँदा दर्शकहरुले दिदै आएको माया र साथले हाम्रो यात्रा अझ उज्वल देखेका छौ’ एभरेष्ट टाइम्सको सम्पादक ङिमा पाख्रिनले भने, ‘हामीले नेपाली समुदायहरुको साथै अन्य मुलुकका नागरिकलाई पनि किम्फको महत्व बुझाउने सोच अनुरुप हाम्रो टिमले गरेको यो सफलता ठानेका छौ’ । पाँचौ किम्फमा सहाभागीहरुको उपस्थितिले खुसी लागेको एभरेष्टटाइम्सको प्रबन्धक निर्देशक तेम्बा दोङबा ह्योल्मोले बताए । ‘यसपटक सोचेको भन्दा पनि बढि सहभागीहरुको साथ र सहयोगले हामीलाई उत्साहीत तुल्याएको छ ।’ महोत्सवमा उपस्थित दर्शकहरुले सवै वृतचित्रहरु मन छुने र सन्देशमुलक रहेको बताए ।
किम्फमा सम्पादक पाख्रिन सम्मानित