• नमोबुद्ध संवाददाता

काठमाडौं–तामाङ भाषाको रेडियो कार्यक्रम ‘म्हारमेन’ को छैठौं वार्षिक उत्सव गत शनिबार सम्पन्न भएको छ । रेडियो मिरमिरे ८९.४ मेगाहर्ज काठमाण्डौंबाट सञ्चालन हुदै आएको कार्यक्रमको छठौं वार्षिक उत्सव राजधानीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका बिच सम्पन्न भएको हो ।

कार्यक्रममा दुई सञ्चारकर्मी,एक जनगायकलाई सम्मान गरिनुका साथै केहि समाजसेवी तथा व्यवसायिहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो ।

लेखक तथा अनुसन्धानकर्ता रविन्द्र ग्यावक तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दशक लामो समय सञ्चार क्षेत्रमार्फत तामाङ समुदायको उत्थानमा भुमिका खेलेको भन्दै मिक्साङ वाईबालाई सम्मान गरेको म्हारमेन रेडियो कार्यक्रमका प्रमुख तथा सञ्चालक विष्णु दोङले स्पष्ट पार्नुभयो । केहि वर्ष म्हारमेनको टोलीमै बसेर वाईबाले गरेको योगदानलाई सम्झेको दोङले बताउनुभयो ।

साथै नव सञ्चारकर्मी मनिषा लोलाई सञ्चार क्षेत्रमा आशा लाग्दो प्रतिभा भनि हौसला दिन सम्मान गरिएको दोङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रगतिशिल गायक चन्द्र वाईबालाई पनि सम्मान गरिएको थियो । तामाङ पहिचान तथा राष्ट्रियताको पक्षमा कलामार्फत गरेको योगदानको कदर गर्दै म्हारमेनले गायक वाईबालाई सम्झेको कार्यक्रम प्रमुख दोङको भनाई छ ।

दोङले यसअघि पनि सञ्चार क्षेत्रका केहि व्यक्तित्वहरुलाई बार्षिक उत्सवकै अवसरमा मिडिया अवार्ड प्रदान गरेको स्मरण गराउनुभयो ।

यसका साथै राष्ट्रिय युवा खेलाडी कमल वाईबा,ह्याङला गोईलो तथा थांका उद्योग प्रालिका रञ्जित लामा,मोक्तान हेल्थ केयर एण्ड डाईग्नोस्टीक सेन्टरका दिलीप मोक्तान र लामा आल्मुनियम बनेपाका कर्म लामालाई म्हारमेनप्रति गरेको सहकार्यका लागि प्रसंशापत्र प्रदान गरिएको थियो ।

लामा गुरु पेमाग्याछो लामाद्धारा मन्त्रोचारणका साथ सुरु गरिएको कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय अध्यक्ष विष्णु मोक्तान,नायिका चा“दनी मोक्तान,दिर्नेशक केवि घिसिङ,रेडियो मिरमिरेका प्रवन्धक खम्बु चन्द लगायतका व्यक्तित्वहरुका साथै तामाङ सञ्चार,कला साहित्यका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले म्हारमेन रेडियो कार्यक्रममा सञ्चालक तथा प्रमुख दोङले तामाङ सञ्चार क्षेत्रमा गरेको योगदानको प्रसंशा गरेका थिए । तामाङ भाषा,धर्म,संस्कृति र साहित्यका साथै पहिचानको आन्दोलनमा मिडियामार्फत दोङले निरन्तरता दिएको उल्लेख गर्दै वक्ताहरुले दोङको यसखाले योगदानको मुल्यांकन हुनुपर्ने धारणा राखेका हुन् । उनिहरुले कार्यक्रम म्हारमेन अझै जनप्रिय होस् भनि शुभकामना व्यक्त गरे ।

म्हारमेनका सञ्चालक दोङले आफू जीवनभर तामाङ समुदायकै पक्षमा मिडियामा क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो । दोङले भन्नुभयो–“मलाई यो क्षेत्रमा लाग्न मेरो परिवारको पूर्ण साथ समर्थन छ ,मेरो कामप्रति जीवनसाथी निकै सकारात्मक हुनुहुन्छ, यसरी परिवारदेखी केहि सहयोगी महानुभावहरुकै कारणले म आजसम्म मिडियामै क्रियाशिल छु, २०६० सालमा तिमाल टाईम्सबाट सुरु भएको मेरो यो यात्रा अझै जारी रहनेछ ।”

दोङले थप्नुभयो–“खै साथीहरु मिडियामा बा“च्न गाह्रो छ भन्नुहुन्छ तर म आजसम्म बॉचिरहेकै छु मेरो अरु पेसा व्यवसाय छैन,महात्वाकांक्षी बन्दिन,पारिक्षमिकको आश पनि गर्दिन,आफ्नो काममा निरन्तर लाग्छु,रेडियोको वोर्डमा खम्बु सर आउनुभएदेखी निकै सहज भएको महसुस गरेको छु, पोहोर दशैं खर्च दिएको याद छ,केहि सहयोगी हातहरुले मेरो काम बुझेर सहयोग गर्नुहुन्छ ।”

आफू केहि पाउने आशामा मिडियामा नलागेको उल्लेख गर्दै सञ्चालक दोङले म्हारमेन रेडियो कार्यक्रम हाल हप्तामा ६ दिन सञ्चालन गर्दै आएकोमा यसलाई दैनिक बनाउन सकिने बताउनुभयो । शनिबारको समय पनि उपलब्ध गराए आफू कार्यक्रम चलाउन तयार रहेको कुरा उहा“ले रेडियो प्रवन्धक खम्बु चन्दसामु सुनाउनुभयो ।

प्रवन्धक चन्दले रेडियो मिर्मिरे जनताको रेडियो भएको धारणा राख्नुभयो । सबै जाजतातीको भावनालाई सम्मान दिने खालको कार्यक्रम गर्ने उदेश्य अनुसार तामाङ भाषाको कार्यक्रम निरन्तर रुपमा सञ्चालनमा रहेको उहाको भनाई छ ।

छैठौं वार्षिक उत्सव मनाउने क्रममा कार्यक्रम प्रमुख दोङले समुदायको बदलिदो अवस्था र आवश्यकतालाई ख्याल गरी परिवर्तन गरिएको कार्यक्रमको प्रोमो सार्वजनिक गर्नुभयो ।

हप्तामा दैनिक एक घण्टाका दरले उत्पादन तथा प्रशारण हुदै आएको कार्यक्रममा राजनीति,सञ्चार,वन तथा वातावरण,धर्म संस्कृति,गीत संगीत तथा चलचित्र लगायतका विषय समेट्ने गरेको दोङले जानकारी दिनुभयो । दोङका अनुसार ‘म्हारमेन’ रेडियो कार्यक्रम हाल आईतबारदेखी शुक्रबारसम्म विहान ९ बजे प्रशारण हुंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !