नमोबुद्ध संवाददाता
राजधानीको राष्ट्रिय सभागृहमा तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट फिल्म महोत्सव आज पनि जारी रहने आयोजकले जनाएको छ । महोत्सवको बुधबार तम्बाले साङ सेर्गेम गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै जोशीले अमुर्त संस्कृति प्रवद्र्धनका लागि यो प्रभावकारी कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रममा पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ, सांसद कृष्ण राई, पुर्व राज्य मन्त्री परशुराम तामाङ लगायतले संस्कृति प्रवद्र्धनको लागि गरिएको यो प्रयासको प्रशंसा गर्नुभएका थिए ।

पहिलो दिन कार्यक्रममा जगत तामाङले निर्देशन गरेको बुद्धचित्त वृत्त चित्र, सञ्चु थोकरले निर्देशन गरेको स्यामा पिन्बा, कमल योञ्जनले निर्देशन गरेको छ्यो पोङ, राजकिङ वाइबा तामाङले निर्देशन गरेको जोर्नि टु सिङला, हेम बम्जनले निर्देशन गरेको ह्याङला बोन, विदेशी नागरिक गबरिला ग्रेनोटीले निर्देशन गरेको पिल्गी्रम टु पाँचपोखरी प्रदर्शन गरेका थिए ।

यसै गरी दृष्य कविता प्रस्तुति र एक दर्जन कविहरुले बहुभाषी कविता वाचन समेत गरेका थिए । दोस्रो दिन पनि आधा दर्जन भन्दा बढि चलचित्रहरु देखाईनुका साथै थान्का थता मूर्तिकाला प्रदर्शन र छलफल, तामाङ चलचित्र बारे दुइवटा अन्तरक्रिया लगायतका कार्यक्रम हुने महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाले जानकारी दिनुभएको छ । महोत्सवमा सहभागि चलचित्रहरु नेपाल, अमेरिका, क्यानडा लगायतका देशहरुको तर्फबाट प्रतिनिधिका रुपमा रहेको उहाँले बताउँनु भयो ।

सभागृहमा शुरु भएको कार्यक्रम समापन समारोह आज बिहीबार साँझ बानेश्वारमा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !