• नमोबुद्ध संवाददाता

काठमाण्डौं–तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Indipendent Film Festival-TIFF 2019 को तयारी पुरा भएको आयोजक समितिले जानकारी दिएको छ ।

यहि जेठ २९ र ३० गते राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको तयारी अन्तरगत प्रदर्शन गरिने चलचित्र छनोट अतिथि निमन्त्रणाका साथै व्यवस्थापकिय तयारी सम्पन्न भएकोे महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने १८ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको छ ।

 

नेपालका साथै अमेरिका, जापान, क्यानडा लगाएतका देशहरुवाट प्रतिनिधित्व हुने यि चलचित्रहरु महोत्सवमा प्रदर्शन गर्न लागिएको हो ।
महोत्सव अन्तर्गत चलचित्र प्रदर्शनका साथै तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुयल पोइट्री तथा कविता वाचन, पराम्परागत थाङका चित्रकला तथा मुर्ति कला बारे अन्तरकृया लगायतका कार्यक्रमहरु पनी समानन्तर रुपमा हुने छ ।

महोत्सवको थप आकर्षणको रुपमा साँस्कृतिक झाँकि प्रस्तुति, तामाङ भेषभुषा प्रदर्शन, तामाङ मौलिक खाना, पुस्तक पर्दशनी, परम्परागत थाङका चित्रकला तथा मुर्तीकला प्रदर्शनी लगायत रहेको महोत्सव निर्देशक जगत तामाङले जानकारी दिनुभो ।

 

प्रतिक्रिया दिनुहोस !