- नमोबुद्ध संवाददाता
रौतहट–रौतहटमा रन्जु वाइबाको अध्यक्षतामा वाइबा तामाङ समाजको ९ सदस्यीय जिल्ला कार्यसमिती गठन भएको छ ।
तामाङ समाजको शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा मानध्वज वाईबा, सचिवमा कर्म सिं वाइबा,कोषाध्यक्षमा धनराज वाइबालाई चयन गरेको छ ।
कार्यसमिती सदस्यहरुमा सुधा वाइबा, अतिमाया वाइबा, सुकमान वाइबा, मिनबहदुर वाइबा र कुमारी वाइबा रहेका छन ।
वाइबा तामाङ समाज केन्द्रिय अध्यक्ष बिगेन्द्र वाइबा तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले आफ्ना वंश उत्थान,संस्कृति संरक्षणमा एकताका लागि जिल्ला शाखा गठन गरिएको हो ।
केन्द्रिय सदस्य प्रयत्न वाइबाले स्वागत मन्तव्य राखेको भेलामा रौतहट जिलाका भिनिन्न स्थानबाट चारसय भन्दा बढिको संख्यामा वाइबाजनको सहभागिता रहेको केन्द्रिय अध्यक्ष बिगेन्द्र वाइबाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संसारभर छरिएर रहेका वाइबाजनको एकता त्यसका लागि वंशावलीको खोजी,कुलपुजा र संस्कारमा एकरुपता र पहिचानका साथै समृद्धिको प्रयासका लागि जिल्ला तथा स्थानिय तहमा समेत संगठित हुन आवश्यक छ ।