- नमोबुद्ध संवाददाता
भक्तपुर–तामाङ गीत संगीतको क्षेत्रमा नयाँ गीत ‘वाला वाला लिस्ह्याल’ (रातो रातो मुहार) युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
गायिका जितु लोप्चन र गायक जगत लामा घिसिङको सेलो तर आधुनिक संगीत शैलीको गीत भिडियोसहित शुक्रबार जिग्मे मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनका बिच सुर्यविनायकमा आयोजित गीत सार्वजनिक समारोहको उद्घाटन गर्नुहुदै अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाले तामाङ समुदायमा गीत संगीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“गीत संगीत फगत् मनोरञ्जनको साधन वा माध्यम हैन,यसले समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दछ,समदायको पहिचान भाव बोल्दछ,चेतनाको आवाज बुलन्द गर्दछ,गीतसंगीत मार्फत पहिचानको आन्दोलनलाई उचाई दिन कलाकारहरुको योगदान महत्वपूर्ण हुन्छ, त्यसैले बाहिर अरुले भनेजस्तो हल्का ढंगले बुझ्ने कुरा रहेन ।”
तामाङ जनजीवनलाई बताउने,झल्काउने र डोहोर्याउने महत्वपूर्ण कार्य गीत संगीतबाट भईरहेकोले यसलाई सञ्चारको सशक्त माध्यम पनि मान्न सकिने उहाँको भनाई छ ।
भिडियोसहित :
उपाध्यक्ष लामाले अन्तराष्ट्रिय तामाङ परिषद यहि धारणाका साथ तामाङ समुदायको साँस्कृतिक जागरणको अभियानमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । यस खालको अभियान सफल बनाउन कलाकारहरु स्वत साँस्कृतिक दुत रहेको उहाँको तर्क छ ।
उहाँले भन्नुभयो–“गीत संगीत फगत् मनोरञ्जनको साधन वा माध्यम हैन,यसले समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दछ,समदायको पहिचान भाव बोल्दछ,गीतसंगीत मार्फत पहिचानको आन्दोलनलाई उचाई दिन कलाकारहरुको योगदान महत्वपूर्ण हुन्छ, त्यसैले बाहिर अरुले भनेजस्तो हल्का ढंगले बुझ्ने कुरा रहेन ।”
‘वाला वाला लिस्हाल’ बोलको उक्त तामाङ सेलो गीतले तामाङ गीतसंगीतको क्षेत्रमा एउटा इट्टा थप्ने काम गरेको कार्यक्रममा सहभागि चलचित्र निर्देशक विनय दोङले बताउनुभयो ।
करीव ४ वर्ष अघि दोङकै निर्देशनमा बनेको चलचित्र ‘मायाला म्हेन्दो’ को पाश्र्व गायनबाट सांगीतक क्षेत्रमा प्रवेश गर्नुभएका घिसिङ पछिल्लो समय ‘वाला वाला लिस्हाल’ लिएर आउनुभएको हो । गीतको शब्द र संगीत स्वयम् गायक घिसिङकै रहेको छ ।
नोर्बु शेर्पाको एरेञ्ज, दिपेश प्रधानको मिक्सीङ रहेको गीत पर्पल स्टुडियोमा रेकड गरिएको हो ।
सुर्य लामा निर्देशित गीतको भिडियोमा प्रतीक ङ्यासुरको कोरियोग्राफी छ,पुर्णिमा लामा थोकर र लाक्पा लामाले मोडलिङ गर्नुभएको छ ।
यो गीतको भिडियोले सहजै अहिलेको युवायुवतीको छोटो प्रेमकथा भन्छ ।
यसअघि घिसिङको ‘तेमाल ग्याम्से’ बोलको गीत स्रोतामाझ लोकप्रीय बनेको थियो ।
भिडियो :
https://www.youtube.com/watch?v=DTOA69LIzZo