
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–उर्वरा फाउन्डेशनको आयोजनामा लोकप्रिय युवा गायक अशोक मुकारूङ ‘एकल साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ ।
पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माण सहयोगार्थ आयोजित कार्यक्रम जेठ २४ गते काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा हुने भएको हो ।
यसखाले अभियानमा जोडिना पाउँदा खुसी लागेको गायक मकारुङले बताउनुभयो ।
साङ्गीतिक साँझमा आफूले आफ्ना लोकप्रिय गीतहरू ‘झुल्केको घामझैँसँगै यो मन उडिरहन्छ’, ‘हलचल भयो शहरभरि तिमी आएपछि’, ‘यो माया कसैलाई नाना हौ चैते दशैँलाई’,‘पिखुवा खोला बगेझैँ मन बग्यो’, ‘इलामे शहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’लगायत एक दर्जन गीत गाउने मुकारूङले बताउनुभयो ।
जिङ्गल हेर्नुहोस् :