• एजेन्सी 

काठमाण्डौं–राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिए लगत्तै इन्डोनेसियाको राजधानी जाकार्तामा भएको प्रदर्शनमा तनाव उत्पन्न हुदा ६ जनाले ज्यान गुमाएका छन् । प्रर्दशनले उग्र रुप लिन थालेपछि भएको झडपमा घाईते हुने २ सय छन् ।

गए रातिबाट सुरु भएको यो झडप घण्टौ जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गरेका छन् ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५ दशमल ५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको निर्वाचन आयोगले जनाएपछि विरोधमा प्रदर्शन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !