- समाचार एजेन्सी
काठमाण्डौं–विश्वका शक्तिमान मानिएका अमेरिका,उत्तर कोरिया,रुस,चीनसँगै भारत पनि विज्ञान प्रविधि र आणविक हातहतियार र यिनको प्रयोगका कारण बेला बेलामा चर्चामा आईनैरहन्छन् ।
यसबिच हाल भारतले अन्तरिक्षमा आक्रमण गरेको खबर चर्चाको रुपमा छ । समाचार एजेन्सीहरुका अनुसार उसले अन्तरिक्षमा आक्रमण गर्दै एन्टी स्याटेलाईटलाई झारेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अन्तरिक्षमा रहेको एन्टि स्याटेलाईटमाथि आक्रमण गरेको स्पष्ट पार्नुभयो । अन्तरिक्षमा स्याटेलाईट मिसाईल सार्वजनिक गर्ने मुलुकहरुमध्ये अमेरिका, चीन र रुस पछि भारत चौथों राष्ट्र बनेको उहाँले दावी गर्नुभयो ।
अन्तरिक्षमा ३ सय किलोमिटरको उचाईमा भारतको एन्टि स्याटेलाईटले आक्रमण गरेर त्यसलाई झारेको प्रधानमन्त्री मोदीको दावी छ ।
युद्धको बेला यस किसिमको स्याटेलाईटको आवश्यक हुने हुँदा भारतले पनि अब यसको प्रयोग गर्न सक्ने विश्लेषन गरिएको छ ।