- नमोबुद्ध संवाददाता
काठमाण्डौं–गायक सुनिल लामाको म्युजिक भिडियो “हिमाली फेदैको गाउँमा” आईतबार काठमाण्डौंमा एक औपचारिक कार्यक्रम तथा पत्रकार सम्मेलनकाबिच सार्वजनिक गरिएको छ ।
थोकर फिल्मस् प्रालिका प्रमुख तथा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको अध्यक्षतामा आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यतामा यो भिडियो प्रदर्शनसँगै सार्वजनिकरण सम्पन्न भएको हो ।
प्रमुख अतिथि सुनुवार र तामाङ पत्रकारहरुको प्रतिनिधित्व गर्दै विशेष अतिथि तामाङ पत्रकार संघका संघीय कोषाध्यक्ष तिर्थमान वलले आदिवासी तामाङ समुदायको साँस्कृतिक चेतनाको विकासमा यस्ता गीत संगीतको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । तामाङ बौद्धमार्गीहरुको आस्थाको केन्द्र नमोबुद्धमा छायाँकन गरिएको यो भिडियो निकै अर्थपूर्ण रहेको द्धयको दाबी छ ।
भिडियो सार्वजनिकिकरणको झलक सहित हेर्नुहोस्
कार्यक्रमको अध्यक्षता गर्नुभएका थोकर फिल्मस् प्रालिका प्रमुख तथा तामाङ चलचित्र संघका अध्यक्ष थोकरले तामाङ कला सँस्कृतिको प्रवद्र्धनमा यो “हिमाली फेदैको गाउँमा” म्युजिक भिडियो सहयोगी बन्ने विश्वास लिएको बताउनुभयो ।
विदेशी भुमिलाई कर्मथलो बनाएपनि सदा सदा नेपाली पनलाई सम्झीरहने तामाङ पन र मनका धनी सुनिलको यो सांगीतिक प्रयासमा थोकर फिल्मस् प्रालिले सहकार्य गर्न पाएकोमा अध्यक्ष थोकरले खुसी व्यक्त गर्नुभयो ।
Songs Nepal युट्युब च्यानलबाट सुन्न र हेर्न सकिने यो म्युजिक भिडियोको गीतमा स्वरका साथै संगीत समेत गायक सुनिल लामाले भर्नुभएको हो,जुन गीत समिर लामाको शब्दमा छ । एरेञ्ज भने बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गर्नुभएको हो ।
अजय स्याङतानद्धारा निर्देशित तथा सम्पादित यस भिडियोमा नायिका सुनिता लुङ्बा र मोडल योसेफ लामाको अभिनय छ ।
सञ्चार सहजिकरण पत्रकार सुदिन दोङले गर्नुभएको भिडियो सार्वजनिकरण कार्यक्रममा विभिन्न पत्रपत्रिका,रेडियो तथा अनलाईनका पत्रकारहरुको सहभागिता थियो ।
“हिमाली फेदैको गाउँमा” भिडियो हेर्नुहोस्