
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–सरकारले नेत्र विक्रम चन्द नेतृत्वको समूहले हतियार विसाएपछि मात्र वार्ता गर्न सकिने बताएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै वार्ताको सम्भावना हुने बताउनुभयो ।
उहाँले सम्वादका लागि सरकार तयारै रहेपनि वार्तामा बस्नुअघि हतियार विसाउनैपर्ने बताउनुभएको हो । कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने सञ्चारमन्त्रीको स्पष्टोक्ती छ ।
हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।