• नमोबुद्ध संवाददाता

सिराहा–सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम ‘जनमत पार्टी’ रहने भएको छ ।

सोमबार सकिएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको हो ।

दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्माण गरेको छ ।

पार्टीको अध्यक्षमा डा. सिके राउत रहेने र ३४ जना सदस्य रहेका छन् ।

सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै बैठकले यसलाई ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ रुपमा लिएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस !