
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ अबदेखि ‘पियर रिभ्यु जर्नल’का रूपमा प्रकाशित हुने भएको छ ।
हालै बसेको प्राज्ञ परिषद्को बैठकले ‘प्रज्ञा’लाई जर्नलका रूपमा प्रकाशित गर्ने निर्णय गरेको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै पहिलेदेखिको बौद्धिक तथा प्राज्ञिक जगतको मागलाई आत्मसात गर्दै शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’लाई अब जर्नलका रूपमा निकाल्ने निर्णय गरिएको हो ।
‘प्रज्ञा’मा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायत विविध ज्ञानविज्ञान सम्बन्धी अनुसन्धानमूलक सामग्री समेट्ने गरिन्छ ।