
- नमोबुद्ध संवाददाता
नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बन्न सफल भएको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो ।
नेपालका लागि खेलको छैटौँ मिनेटमा बंगलादेशले आत्मघाती गोल उपहार दिएको थियो । खेलको २३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता २–० बनाउनु भएको थियो ।
तेस्रो गोल खेलको २८ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले गर्नुभयो । त्यसपछिको बाँकी समय र दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । समूह बी को उपविजेतासँग आगामी बुधबार नेपालले खेल्नेछ ।