• नमोबुद्ध संवाददाता

नमोबुद्ध–प्रदेशसभा सदस्य (सांसद) चन्द्र लामाले एतिहासीक,धार्मिक तथा साँस्कृतिक अवस्थीति रहेको काभ्रे नमोबुद्ध नगरका १८ वटा सडक बाटो पिच हुने गरी प्रक्रिया थालनी भएको बताउनुभएको छ । सघन शहरी विकास परियोजना अन्तर्गत नगरपालिकालाई २५ करोड अतिरिक्त बजेट छुट्याईसकेको उल्लेख गर्दै उहाँले अब टेण्डरको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

नमोबुद्ध नेपानेमा बद्धपार्क संरक्षण समितिद्धारा आयोजित ल्होछार साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद लामाले भन्नुभयो–“ मेरो त यो मावली गाउँ पनि हो , यहाँ आउन पाउँदा धेरै खुसी छु, यो बेला म धेरै बोल्दीन, यहाँहरुले जिताएर आज यो ठाउँमा पुर्याउनुभयो,यो खुसी पनि आजको यो ल्होछार कार्यक्रममै बाँड्नु चहान्छु, यहि अवसरमा म यत्ति भन्छुकी तापाईहरुले दिनुभएको एक एक भोटको सम्मान मिल्ने गरी काम गर्नेछु ,२५ करोड रकम छुट्टाईसकेको छु,पहिलो प्राथमिकता,बाटो बनाउने हो ।”

आफुलाई जिताउने जनताप्रति धन्यबाद व्यक्त गर्दै उहाँले जनताको एक÷एक मतको हिसाब किताब आफूले राम्रैसँग बुझेको स्पष्ट पार्नुभयो । स्थानिय जनप्रतिनिधिहरुकै सिफारिसमा दाप्चा–नेपाने भञ्ज्याङ गहते हुदै फलामे साँघु,दाप्चा–नेपाने भञ्ज्याङ,बाघमारा दारिमबोट,पिपलटार हुदै फलामे साँघु,दाप्चा–नासपाती बोट लगायतका १८ वटा सडक खण्ड प्राथमिकताका साथ इस्टीमेट भईरहेको उहाँको भनाई छ ।

उहँले स्पष्ट पार्नुभयो–“यि सडकहरु पिच हुन्छ,यहि योजना अनुसार हामी अगाडी बढेका छौं तर दाप्चामा आउने बाटो अलपत्र पर्यो भन्ने जनगुनासो पनि छ,यो कुरा बुझौं कि यो काम संघबाट हुनेकी,प्रदेशबाट हुने भन्ने अलमल जस्तो कुरा कर्मचारीहरुमा देखिएकोले कहि समय स्थगित भएको मात्रै हो,चिन्ता नगरौं यो काम अघि बढाउँछु ।”

बृद्धबृद्धा र युवालाई सम्बोधन गर्ने कार्यक्रमहरु आउने जानकारी गराउँदै सांसद लामाले निराश हुनुपर्ने अवस्था पटक्कै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले तत्काल पाँचै हजार त भन्दिन तर अर्को वर्षदेखी बृद्धभत्ता अवश्य बढ्छ,विदेशबाट फर्केका र विदेश जाउँकी भन्ने मनस्थितीका युवालाई पनि स्वरोजगारका कार्यक्रमहरु अगाडि बढेको छ ।”

जनता र स्थानिय जनप्रतिनिधीहरुसँगको सहकार्यबाटै समृद्ध नमोबुद्ध निर्माणको सपना पुरा हुने बताउँदै उहाँले मन,वचन र कर्मले लाग्छु भनेर प्रतिवद्धता जाहेर गरेका जनप्रतिनिधिहरु कुनै कतै अनियमितता नगरी जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस !