- जगत तामाङ
नमोबुद्ध–बुद्धको पूर्व जन्मथलो मानिएको एतिहासीक,धार्मिक तथा साँस्कृतिक थलो काभ्रेको नमोबुद्ध नजिक,नेपानेका स्थानियमाझ शुक्रबार कलाकारदेखी राजनीतिक व्यक्तित्व तथा सांसदसम्म भेला भए । छेको थियो–ल्होछार उत्सवको । उत्सवलाई महोत्सव बनाउन साथ दिन आउनेमा सेलो गीत संगीतमा राम्रो छबि बनाएका चर्चित राष्ट्रिय कलाकारहरु इन्दिरा गोले,विश्व दोङ लगायत हुनुहुन्थ्यो । पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल विशाल थिङ,प्रयास दोङ,जितु लोप्चन,नायिका सुनिता लुङबा पनि उत्तिकै उत्साहित हुनुहुन्थ्यो ।
भिडियो हेर्नुहोस्
युवा नेता,प्रदेश सभा सदस्य(सांसद) चन्द्र लामा जनतामाझ सहभागि हुन पाउँदा निकै खुसी हुनुहुथ्यो । नेपाने बुद्ध पार्क संरक्षण समितिको आयोजनामा अैपचारिक रुपमा आयोजित ल्होछार समारोहको उद्घाटन गर्दै सांसद लामाले भन्नुभयो–“ मेरो त यो मावली गाउँ पनि हो , यहाँ आउन पाउँदा धेरै खुसी छु, यो बेला म धेरै बोल्दीन,चर्चित कलाकारहरु हुनुहन्छ,नाच्ने हो,यहाँहरुले जिताएर आज यो ठाउँमा पुर्याउनुभयो,यो खुसी पनि आजको यो ल्होछार कार्यक्रममै बाँड्नु चहान्छु, यहि अवसरमा म यत्ति भन्छुकी तापाईहरुले दिनुभएको एक एक भोटको सम्मान मिल्ने गरी काम गर्नेछु ।”– यहि अवसरमा आफुलाई जिताउने जनताप्रति धन्यबाद व्यक्त गर्दै उहाँले जनताको एक÷एक मतको हिसाब किताब आफूले बुझेको स्पष्ट पार्नुभयो र जनताकै सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भिडियो हेर्नुहोस्
कार्यक्रममा सहभागि नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा,युवा नेता अमित लामा,राकेश लामा,हरि तिमल्सीना,नमोबुद्ध नगर नेपाली काँग्रेसका सभापति कुन्साङ लामा लगायतले पनि ल्होछारको शुभकामना व्यक्त गर्दै समृद्ध नमोबुद्ध निर्माणमा आफ्नो भुमिकाबाट नचुक्ने धारणा राख्नुभयो ।
भिडियो हेर्नुहोस्
कार्यक्रममा सांसद लामा दोसल्लद्धारा सम्मानित हुनुभयो भने स्वयम्ले मिस तामाङ २०१९ का विजेताका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । ल्होछार अर्थात नयाँ वर्ष तामाङ समुदायले यसरीनै भेटघाट,मिष्ठान्न भोजन,शुभकामना आदानप्रदान,मान्यजनबाट मोलम ग्रहण,पुरानो कामको समिक्षा र प्रतिवद्ध भएर नयाँ कामको थालनीका साथ मनाउँछन् ।
“भाषण हैन आज त रमाईलो नै गर्ने हो”–आयोजक कमिटिका अध्यक्ष ज्ञानबहादुर लामाले यत्ति भन्ने वित्तिकै गडगडाहट ताली गुञ्जियो,गाउँलेहरु नाच्न तयार देखिए ।
“म त पोहोर साल पनि आएकै थिएँ,यहाँका तामाङ ज्याज्यो आले नाना आङाहरुको मायाले फेरि यतै डोहोर्यायो”–आफ्ना सांगीतिक प्रस्तुती राख्नुपूर्व गायक विश्व दोङले भन्नुभयो । उहाँले ल्होछार सँस्कृतिको गीतदेखी आफ्ना चल्तीका सेलो र नेपाली मारुनी गीतमा समेत संयौंलाई नचाउनुभयो ।
भिडियो हेर्नुहोस्
सांसद चन्द्र लामा,नेकपा नेता हरि तिमल्सीना लगायतले समेत विश्वका गीतमा कम्मर मर्काए । “हाम्रा चन्द्र ज्यो ज्यो कलाकार पनि हुनुहुदोरहेछ ।” सांसद लामालाई ढाडस दिदै आफ्ना प्रस्तुती दिनुभएका विश्वसँगै सेलो तथा नेपाली लोकगीत संगीतका दिग्गज व्यक्तित्व इन्दिरा गोलेको सेलोदेखी लोकगीतसम्मको शसक्त प्रस्तुतीबाट सांगीतिक महौलले उचाई लिइसकेको थियो ।
भिडियो हेर्नुहोस्
कार्यक्रम सञ्चालनको भुमिकामा रहनुभएका नायिका सुनिता लुङ्बाले पनि यहि मौकामा आफ्ना सेलो गीत गाउँदै दर्शकको ध्यान खिच्दै गर्दा मोडल मन्सु लामाको उर्जाशिल सेलो नृत्यले युवा मन तताउन बल पुर्यायो,मन्सुको प्रस्तुतीलाई स्थानिय युवाले वाहवाही दिए ।
भिडियो हेर्नुहोस्
साँझ ढल्किदै जाँदा मञ्च उक्लेका प्रयास दोङ,जितु लोप्चन र विशाल थिङको प्रस्तुतीले स्थानियलाई जाडोको महसुस गराएन । बेलुका अबेरसम्म यि कलाकाहरुको साथ दर्शकलाई र दर्शकको साथ कलाकारहरुलाई भरपुर मिल्यो ।
भिडियो हेर्नुहोस्
कार्यक्रमको अन्त्यमा स्थानिय युवा देवराज लामाले भन्नुभयो–“हामी युवामा आएको साँस्कृतिक जागरण हो यो ,ल्होछार त अनौपचारिक ढंगले पनि मनाउँछौंनै, यद्यपी यति छोटो समयमा पनि कलाकार,नेता सबैलाई निम्त्याएर औपचारिक कार्यक्रम समेत गर्न सक्यौं,सुखदुख विसाउने,आफ्नै गाउँठाउँको बिकासबारे विचारमन्थन गर्ने अवसर पनि हो यो,यसलाई हामीले निरन्तरता दिनेछौं ।”
थप फोटो फिचर हेर्नुहोस्