• नमोबुद्ध संवाददाता

काठमाडौं – म्हेन्दोमाया तामाङ चलचित्र ‘श्होङ’ काठमाडौंको अष्ठनारायण हलमा अत्याधिक दर्शकहरुको उपस्थितिमा च्यारीटि शो सम्पन्न भएको छ । ‘श्होङ’को अर्थ नासो हो । धादिङ, रसुवा, नुवाकोट म्हेन्दोमाया संस्कृतिको धरोहर क्षेत्र हो । म्हेन्दोमाया संस्कृतिमा आधारित तामाङ चलचित्र श्होङ तामाङ समुदायले रुचाउँछ या रुचाउँदैन त्यो हेर्न बाँकी नै छ ।

रोशन फ्युङवाको निर्देशनमा निर्माण भएको ‘श्हाेङ’ यो पाँचौँ चलचित्र हो । तामाङ चलचित्रको प्रवर्द्धन तथा संरक्षण गर्नका लागि सबैले एक पल्ट हलमा गएर तामाङ फिल्म हेर्नु पर्छ भन्ने सन्देश दिनलाई नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर अष्ठनारायण हलमा पुग्नु भएको थियो । यसै गरी नायक तथा निर्देशक अमिर दाेङ, नायक राजकिंङ वाइवा, नायिका शुष्मा माेक्तान, नायिका रूपा एस घले, एन्जिला वाइवा, लगाएत कलाकारहरू र पत्रकारहरू चलचित्र हेर्न पुगेका थिए ।

चलचत्रिमा एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, सिंग बहादुर तामाङ, गोम्बो घले, बिकल लामा, ए।आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेका छन् । सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । चलचित्रमा नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रका रमणिय दृष्यहरू चलचित्रमा हेर्न पाइन्छ ।

चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंग बहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् ।

तामाङ संस्कृतिकाे संरक्षण र विकृतीकाे विरूद्धमा चलचित्र ‘श्हाेङ’ले राम्राे सन्देश दिन खाेजेकाे नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरले सारा खबरलाई बताउनु भयाे । उहाँले ‘श्हाेङ’ चलचित्र राम्राे बनेकाे हुनाले एक पटक तामाङ समुदायले हेरिदिन आग्रह गर्नु भएकाे छ ।
धादिङ र नुवाकाेटमा वाइवा राजाले चलाएकाे प्रणालीलाई ‘श्हाेङ’ चलचित्रकाे माध्यमबाट तामाङ समुदायलाई जस्ताकाे तस्तै बुझाउन खाेजेकाे फिल्म हेरेपछि प्रष्ट भएकाे अध्यक्ष विकु थाेकरले प्रतिक्रिया दिनुभयाे ।

लोप हुँदै गएकाे तामाङ संस्कृतिलाई ‘श्हाेङ’काे माध्यमबाट निर्देशक राेशन फ्युवाले उजागर गर्ने प्रयास गरेका छन् तर याे चलचित्रले तामाङ समुदायकाे मन जित्न सकिन्छ अझै हेर्न भने बाँकी नै छ ।

चलचित्र हेरेर बाहिरीएकाहरूलाई प्रश्न गर्दा राम्राे बनेकाे प्रतिक्रिया दिनुभएकाे छ । चाँडै हलमा प्रदर्शनीमा आउन लागेकाे हुनाले हलसम्म गएर चलचित्र हेरिदिनु हुन निर्देशक राेशन फ्युवाले अनुराेध गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस !