नमोबुद्ध संवाददाता :

कैलालीको टीकापुरमा दोस्रो मेयर कप छात्र रनिड्ड शिल्ड फुटबल प्रतियोगिता तथा पहिलो उपमेयर कप छात्रा रनिड्ड शिल्ड प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले खेलकुद स्वास्थ्य र राष्ट्रको लागि महत्वपुर्ण रहने बताउनुभयो ।

प्रतियोगितामा ३३ वटा विद्यालयका १४ वर्षमुनिका छात्र र २१ वटा विद्यालयका छात्रा टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेता छात्र छात्रा दुवै टोलीले ५१÷५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सहिद सप्ताह तथा टीकापुर नगरपालिकाको स्थापना दिवसको अवसरमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस !